आफ्नो डिभोर्सको काहानी सुनाउँदै भक्कानिएर रोइन मोडल स्मारिका (भिडियो सहित)

चर्चित टिकटक स्टार स्मारिका ढकालको वैवाहिक सम्वन्ध टुटेको छ । धेरै दिनदेखि उनको डिभोर्सको चर्चा टिकटकमा व्यापक थियो, तर उनले आधिकारिक रुपमा केही बताएकी थिइनन् । स्मारिकाका श्री मान विवेक अधिकारीले हिजो टिकटकमै लाइभ आएर आफूहरुको सम्वन्ध अन्त्य भएको बताए ।

डिभोर्सको कारण भने उनले खुलाएका छैनन् । ‘अब आ–आफ्नै हि साबले करिअर अगाडि बढाउने भनेर हामी आपसी समझदारीमा नै छुट्टिएका हौं,’ उनले भने, ‘अहिले पनि एक–अर्कालाई घृणा गर्दैनौं ।’ डिभोर्सको चर्चासँगै टिकटकमा स्मारिकाले धेरै नकारात्मक प्रतिक्रि याहरुको पनि सामना गर्नुपरेको थियो । आफू सेलिब्रिटी भइसके पछि श्रीमानलाई छोडेको आरोप कतिपयले उनलाई लगाएका छन् ।

विवेकले यो विषयलाई लिएर विषयमा आफ्नी पूर्वपत्नीलाई कुनै प्रकारको लाञ्छना नलगाउन आग्रह गरे । ‘नाम र पैसा कमाएपछि श्रीमानलाई छोडिस भन्ने जुन आरोप लगाइएको छ, त्यो बिलकुल गलत हो,’ उनले भने, ‘यस्तो गलत आरोप लगाउन बन्द गरिदिनुहोला ।’

झापा बुधबारे निवासी स्मारिका र विवेकबीच केही वर्षअघि ‘प्रेम प्लस मागी’ बिहे भएको थियो । नजिकै घर भएका दुवैले एक–अर्कालाई मन पराएपछि परिवारको सहमतिमा परम्परागत तवरले विहे भएको हो ।

विहे गर्दा स्मारिको उमेर १८ वर्षको मात्र थियो । उनीहरुका सन्तान भएका छैनन् । स्मारिका टिकटकमा हिट बनेकी विवाहपछि हो । कलेज पढाउने श्रीमान र परिवारले आफूलाई टिकटक मा सँधै सपोर्ट गर्ने गरेको स्मारिकले विभिन्न अन्तरवार्तामा बताएकी छन् ।

स्मारिका र समारिकाको जुम्ल्याहा जोडी नेपालमा अत्यधिक रुचाइ एको टिकटक सेलिब्रिटीमा पर्छ । स्मारिका दिदी र समारिका बहिनी हुन् । समारिकाको बिहे भएको छैन ।

नृत्य र अभिनयमा पोख्त यी दिदीबहिनीकोे फ्यान फलोइङ लोभ लाग्दो छ । स्मारिका ढकालको टिकटक अकाउन्टमा करिब साढे ६ लाख फलोअर्स छन् ।

पछिल्लो समय म्युजिक भिडियोमा पनि यो ट्विन्स जोडी डिमान्डेड छ । छोटो समयमा उनीहरुले दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभि नय गरिसकेका छन् । युट्यूवमा यो जोडले पोस्ट गर्ने सर्ट भिडियोहरु पनि हिट छन् ।

‘सिस्टर्स बि लाइक’, ‘देउरानी–जेठानी’, ‘मम्स बि लाइक’ जस्ता कन्सेप्टमा भिडियो बनाएर उनी हरुले चर्चा कमाएका थिए । समारि का स्मारिका को युट्यूव चाइनलमा २ लाख ९४ हजार सब्स्क्रा इबर्स छन् ।

विवेक भन्छन्ः समझदारीमा छुट्टियौं, उनको भविष्य राम्रो होस । टिकटकमा लाइभ आएर स्मारिकाका पूर्वपति विवेक अधिकारीले यसो भनेका थिए ।म कुनै सेलिब्रिटी नभएर आम मान्छे हुँ । मिडिया मा आएर बोल्न मन पनि थिएन । तर, स्मारिका र मेरो सम्बन्धको विषयमा धेरै जनाले जिज्ञासा राख्नुभयो ।

तपाईंहरुको माया र साथले नै उ त्यो ठाउँमा पुगेको हो । अहिले उसलाई टिकटकमा लाइभ आउँदा धेरै ‘एब्यूज’ भएको सुनिरहेको छु । म आफू पनि कोही–कोही बेला हेर्छु । सम्वन्ध तोडिए पनि हेरिन्छ ।

धेरैले नराम्रो कमेन्ट गर्नुभएको हुन्छ । पैसा कमाइस, सेलिब्रिटी भइ स, अनि बुढा छोडिस भन्ने कुराहरु आएका छन् । यो बिलकुल गलत हो । यो कारण होइन । त्यसैले यस्तो इल्जाम लगाइदिन बन्द गरिदि नुस ।मलगायत मेरो परिवारको सपोर्ट नभएको भए उ त्यो ठाउँमा पु ग्थेन ।

सम्वन्ध तोडिनुमा सबैका आफ्ना पर्सनल प्रोब्लम हुन्छन् । त्यो सबै भनिरहनुपर्ने जरुरत छैन । सम्वन्ध तोडिएको हो । हामी आफ्नै ढंगले आ–आफ्नो करिअर अघि बढाउँ भनेर आपसी समझदारीमा राजीखु शीले छुट्टिएका हौं ।

अहिले पनि एक–अर्कालाई घृणा गर्दैनाै‌। उसको पनि करिअर राम्रो होस । भविष्य राम्रो होस । उसले पनि मेरो विषयमा यही चाहन्छ होला सायद । उसलाई कुनै ब्लेम नलगाइदिनुस ।