भारतीय युवक र पाकिस्तानी युवतीको प्रेमकथा जसले उनीहरूलाई जेल पुर्‍यायो

गत ज्यानुअरी महिनामा एक भारतीय युवक एउटी पाकिस्तानी युव तीलाई गैरकानुनी रूपमा भारत प्रवेश गर्न र नक्कली परिचयपत्र ब नाउन सहयोग गरेको आरोपमा पक्राउ परे। ती युवती उनकी श्रीमती हुन्। भारतका २१ वर्षीय मुलायम सिंह यादव र पाकिस्तानकी

१९ वर्षीया इकरा जीवानीको सन् २०२० ताका कोभिड महामारी फै लिएका बेला अनलाइन लुडो खेल्ने क्रममा चिनजान भएको थियो। पछि उनीहरू प्रेममा परे। सँगै बस्न आफूहरूलाई कठिन हुनेछ भन्ने दुवै जनालाई थाहा थियो। भारत र पाकिस्तानबीच तिक्ततापूर्ण स म्बन्ध छ।

सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत-पाकिस्तान विभाजन भएको थियो। त्यसयता यी दुई छिमेकीहरूबीच तीन पटक युद्ध भइसकेको छ।गत सेप्टेम्बर महिनामा मुलायम र इकराले नेपालमा भेट गरे। नेपालमै उनीहरूले बिहे पनि गरे। त्यसपछि उनीहरू कर्ना टक राज्यको राजधानी ब्याङ्लोर गए अनि त्यहीँ बस्न थाले।

तर ज्यानुअरीमा उनीहरूको खुसीमा वज्रपात भयो। गैरकानुनी रूपमा भारत प्रवेश गरेको भन्दै जीवानीलाई हिरासतमा लिइयो। यादव पनि पक्राउ परे। उनलाई जालसाजी गरेको र आवश्यक कागजपत्रबिनै विदेशी नागरिकलाई आश्रय दिएको अभियोग लगाइयो।

जीवानीलाई गत साता भारतबाट निष्काशन गरेर पाकिस्तान पठाइए को छ। यादव ब्याङ्लोरको एउटा जेलमा छन्। मुलायम सिंह यादव को परिवार उत्तर प्रदेशमा बस्छ। परिवारजनहरू उनी पक्राउ परेपछि आत्तिएका छन्। उनीहरू भन्छन् – यो त त्यो जोडीको प्रेमकथा मात्र हो।

उनका भाइ जीतलालका अनुसार परिवारले छोरा मुलायम र बुहारी इकरा घर फर्कून् भन्ने चाहेको छ। “हामी पाकिस्तान र भारतबीचको अवस्था बुझ्छौँ तर उनीहरूले गरेको भनेको प्रेम मात्र हो।” “गैरकानु नी रूपमा भारत प्रवेश गरेको र जाली कागजपत्र बनाएको कुराबाहे क यो एउटा प्रेमकथाजस्तो मात्र देखिन्छ,”

ब्याङ्लोरस्थित एक वरिष्ठ प्रहरी अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने। यादवकी आमा शान्ति देवीले दुवै देशका सरकारले यो जोडीको पुनर्मिलन गराउन सहयोग गर्न सक्ने आशा राखेकी छन्। “उनी मुस्लिम वा पाकिस्तानी जे भए नि हामीलाई कुनै समस्या छैन।

उनी हाम्री बुहारी हुन्। उनको हामी राम्रो रेखदेख गर्नेछौँ।”यादव ब्या ङ्लोरस्थित एक आईटी कम्पनीका लागि सुरक्षागार्डका रूपमा काम गर्थे। जीवानी पाकिस्तानको हैदराबाद सहरमा विद्यार्थी थिइन्। अन लाइन भेट भएपछि उनीहरूले “लङ-डिस्टेन्स” सम्बन्ध बनाए।

तर जीवानीलाई घरबाट चाँडै बिहे गर्ने दबाव परेको थियो। यादवको सुझावअनुसार उनी पाकिस्तानबाट दुबई हुँदै नेपाल आइन्।प्रहरीका अनुसार उनीहरू दुई जनाले हिन्दू परम्पराअनुसार नेपालको एउटा म न्दिरमा बिहे गरेका थिए।त्यसपछि उनीहरू पटना हुँदै भारत गए।

 

तर जीवानीसँग भारतमा बस्नका लागि आवश्यक कागजपत्र थिएन। यादवले उनका लागि भारतीय परिचयपत्र दिलाउन नक्कली आधार कार्डको व्यवस्था गरेको प्रहरीको भनाइ छ। बिबिसी नेपाल्री