पल शाहलाइ स्वागत गर्दै लाखौ समर्थक यसरी पुगे फुलमाला सहित (हेर्नुस भिडिओ)

काठमाडौँ । अभिनेता पल शाहले आफुलाई माया र सद्भाव राख्ने सबैलाई धन्यवाद दिएका छन् ।उच्च अदालत पोखराको फैसला अनुसार सोमबार उनी तनहुँ कारागारबाट रिहा भएर

बाहिरिने क्रममा कारागार परिसरमा उपस्थित समर्थकहरुलाई गाडीबाटै धन्यवाद दिएका हुन् ।
नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए ।

शाहलाई लिन उनका कानुन व्यवसायी कमलामोहन वाग्ले, परिवारका सदस्य र केही साथी कारागार भित्नै गएका थिए । उनीहरुले खादा र माला लगाएर पलको स्वागत गरेका छन् ।

नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो ।

तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।