
तनहुँ । जबर्जस्ती करणी अभियोगमा एक वर्षदेखि जिल्ला कारागार तनहुँमा थुनामा रहेका अभिनेता पूर्णविक्रम (पल) शाह सोमबार थुना मुक्त भएका छन्। जबर्जस्ती करणी अभियोगमा गत वर्ष फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उनुरी परेपछि फागुन १५ गते आ फैँ प्रहरीसमक्ष आत्मसमर्पण गरेका अभिनेता शाह सोमबार अदालत को फैसलाबमोजिम रिहा भएका हुन्।
नवलपुर अदालतले बाल यौन दुराचारको मुद्दामा साँढे दुई वर्ष कैद र १० लाख रुपियाँ जरिवाना फैसला सुनाएकामा उच्च अदालत पोखरा को आइतबारको फैसलाबमोजिम शाहले सफाइ पाएको उनका का नुन व्यवसायी एवं वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी गराए।
उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको हो। नव लपुर अदालतको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा पु नरावेदन दिएका थिए। उच्च अदालतको आइतबारको इजलासले उक्त मुद्दामा अभियोग दावी नपुग्ने ठहर गरेको उच्च अदालत पोखरा का सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी गराए।
उच्च अदालत पोखराले सफाइ दिएपछि अभिनेता शाहलाई थुनामु क्त गरिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिएका छन्। रिहाअघि शाहको दमौली अस्पतालमा स्वा स्थ्य परीक्षण गरिएको थियो। शाह रिहा हुने खबर पाएलगत्तै कारा गार परिसरमा बिहानैदेखि शुभेच्छुकको भीड लागेको थियो।
नाबालिकमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध तनहुँ र नव लपुर प्रहरीमा उजुरी परेको थियो। शाहलाई गत वर्ष चैत १० गते त नहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। हजारौं संख्यामा उपस्थित शुभेच्छुकले पलको पक्षमा नाराबाजी समे त गरेका थिए। कारागारबाट रिहा भएलगत्तै शाह पोखराबाट हवाई मार्ग हुँदै काठमाडौं फर्केका छन्। पत्रकारसँग अभिनेता शाहले अदा लतले गरेको फैसलाले शुभेच्छुक तथा दर्शकमाझ फर्किन प्रोत्साहन मिलेको बताए।
अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद। केही समय पछि यस क्षेत्रमा नै पर्दामा आउनेछु, अभिनेता शाहले भने। बलात्कार को अभियोग दर्ता भए पनि नवलपुर जिल्ला अदाल तले शाहलाई बा ल यौन दुव्र्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय सुनाएको थियो।
त्यसपछि जाहेरवालातर्फबाट सरकारी वकिल र पल शाह दुवै उच्च अदालत पोखरा पुगेका थिए। उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यसहितको इजलासले आइत बार साँ झ लेखेको संक्षिप्त फैसलामा शाहले सफाइ पाउनुपर्ने कारणहरु उल्लेख गरिएको छ।
फैसलामा बलात्कारको उजुरी परे पनि शाहले प्रहरी र अदालत दुवैमा आरोप अस्वीकार गरेको र जाहेरवालाले अदालतमा उजुरी झूटो भएको बकपत्र गरेकोलाई प्रमाणका रुपमा आधार मानिएको छ। यस्तै जाहेरवालाले घटनाको ५ महिनापछि शाहलाई गरेको म्या सेज, शाहको पोलिग्राफ परीक्षणलाई पनि प्रमाणका रुपमा हेरिए को बताइएको छ।
शाह र जाहेरवालाबीच भएको संवादको अडियो रेकर्ड भने शंकारहि त प्रमाण र अन्य वस्तुनिष्ट प्रमाणबाट समर्थित हुन नसकेको पनि फैसलामा उल्लेख छ। यो खबर आजको समाचार दैनिकमा छापिए को छ ।