पल शाह छुटे लगतै नाबालिक गायिका गायब भईन, King is Back भन्दै हेन्सीले दिए दरिलो झापड..,

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट एकाएक हराएकी गायिका समीक्षा अधिकारी पुन फर्किएकी छिन् । उनको आधिका रिक फेसबुक डिएक्टिभ भएको थियो । उनको फेसबुक हिजो आइत बार साझदेखि डिएक्टिभेट भएको थियो ।

अहिले भने उनि फेरी फेसबुकमा फर्किएकी हुन् । उनले पछिल्लो पटक एउटा फोटो पोस्ट गरेकी थिइन् ।त्यसपछि उनलाई उक्त पो स्टमा थुप्रैले विभिन्न खालका प्रतिक्रिया दिइरहेका थिए । उनको फेसबुक डिएक्टिभेट भएपछि मानिसह रुलाई यसबारे चासो राखेका थिए ।

आखिर उनले किन फेसबुक डिएक्टिभेट गरिन् त भनेर धेरैले आश्चर्य व्यक्त गरिरहेका थिए । सञ्चार माध्यममा आइतबार अभिनेता पल शाह रिहाइ हुने समाचार बाहिरियो ।

उक्त समाचार बाहिरिएपछि गायिका अधिकारी को अकाउन्ट खोजेर त्यसमा भएका पोस्टमा नानाथरिका नकारात्मक कमेन्टहरूको वर्षा हुन थालेको थियो । त्यससंगै अधिकारीले आफ्नो आधिकारिक फे सबुक अकाउन्ट डिएक्टिभ गरेको आशंका थियो ।

उनका टिकटक तथा इन्स्टाग्राम अकाउन्ट भने यथावत नै राखेकी थिईन । तर उनको फेसबुक अकाउन्ट भने अहिले पुन देखिएको छ ।

यता, एकवर्ष अघि पक्राउ परेका पल शाह उच्च अदालत पोखराको आदेशमा आज तनहुँ जिल्ला कारागारबाट रिहा भएका छन् । आज कारागारबाट रिहा भएपछि अभिनेता पल शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् ।

अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद भन्दैै उनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंएका थिए ।

परिवारका सदस्यबाट घेरिएका उनी छोटो कपाल र कालो ज्याकेट मा दुबोकोर फुलाको माला खुशी देखिएका थिए । उनलाई बहिनी रोशनीले गाडीसम्म आइपुग्न साथ दिएकी थिइन् । पलनिकट संगी तकार योगेशकाजीका अनुसार पल आज पोखरा लाग्नेछन् ।

एकदिन पोखरामा आराम गरेर भोलि मात्र काठमाडौं आइपुग्ने तयारी छ । काठमाडौंमा आएपछि उनलाई एयरपोर्टमा स्वागत गर्ने तयारीमा उनी निकट फिल्म र संगीतकर्मी रहेको बताइएको छ ।