कोरियाली टिकटक स्टार, जसले नेपाली गीतमा भिडियो बनाएर विदेशमा प्रवर्द्धन गर्दैछिन् भिडिओ सहित

काठमाडौं । यस्तो लाग्छ टिकटकसामु भौगो लिक सीमाको बन्देज छैन । भाषाको अवरोध बाबजुद पनि नेपाली गीतलाई विदेशीले टि कटक बनाउँदै संसारभर फैलाएका छन् ।

यसै महिना गायिका एलिना चौहानको कन्स र्टमा गाइएको गीत ‘मि नरल वाटर’को दृश्य टिकटकमा भाइरल बनेको थियो । एसिया, यु रोप, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकका टिकटक प्रयोगकर्ताले उक्त गीतमा भिडियो बनाउँदै सेयर गरिरहेका छन् ।

यतिबेला हामी दक्षिण कोरियाली टिकटक स्टार केजिमिनको कुरा गर्दैछौं, जो पछिल्लो समयमा नेपालमा समेत हिट छिन् । झण्डै दुई दर्जन नेपाली हिट गीतमा उनले टिकटक बनाएकी छन् ।

विश्वचर्चित कोरियाली ब्याण्ड बीटीएसको गीतदेखि नेपालीसम्म जसरी उनले भिडियो बनाएकी छन्, यसले पक्कै नेपाली संगीतलाई फाइदा पुगेको छ ।

केजिमिनलाई टिकटकमा एक करोड जनाले पछ्याएका छन् । टिकटकमा उनको लाइक २६ करोड ४१ लाख पटक उनको भि डियोमा लाइक गरिएको छ ।

हरियो कपालमा आकर्षक देखिएकी केजिमि नको उमेर २० वर्ष आ सपासमा छ । उनको भिडियोलाई नेपाली टिकटक प्रयोगकर्ताले प नि रुचाएको देखिन्छ ।

उनलाई पछ्याउने नेपाली टिकटकरको संख्या पनि उच्च छ ।

https://vm.tiktok.com/ZS89kmeQs/