पल शाहलाई राजेश पायल राईको मनछुने सुझाव-भिडिओ

काठमाडौँ । अभिनेता पल शाह होलो सोमबार रिहा भए का छन् । आइतबार कार्यालय समय सकिइसकेकाले आव श्यक प्रक्रिया पुर्याउन ढिला भएपछि सोमबार कार्यालय खुलेसँगै प्रकिया पुरा गरेका थिए

रिहा भएपछि आज स्वागत गर्न पुगेका गायक राजेश पायल राईले अभिनेता पल शाहलाई नेपाली माटोको  कथा बोकेको चलचित्रमा काम गर्नुपर्ने बताएका छन्।

मंगलबार काठमाडौं आएका अभिनेता शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेका उनले यस्तो बताएका हुन्। गायक राईले अभिनेता शाहले आगामी दिनमा नेपा ली माटो परिवेशका चलचित्रका कथाहरुमा अभिनय गरेर अघि बढ्न सुझाव दिए।

उनले अभिनेता शाहले चलचित्र र गीत संगीतमा भाइरल हुने भन्दा पनि चलचित्र र गीत, संगीत उद्योगलाई टेवा पुग्ने अभिनय गर्न सुझाव दिए।

उनले भने, ‘नेपाली माटो परिवेशकै कथाहरु नै ज्यादातर महत्व दिएभने त्यो उनको लागि पनि राम्रो र हाम्रो लागि पनि राम्रो कुरा हो। उनले नेपाली माटोको कथा बोकेको चलचित्रमा नै काम गर्नेछन्।

गीतसंगीत पनि त्यही प्रकारको गर्नेछन्। भाइरल भन्दापनि नेपाली गीत, संगीत उद्योगलाई टेवा पुग्ने काममा नै लागि पर्नेछन्।’

पल शाहविरुद्ध जबर्जस्ती करणीको अभियोग मा दाबी नपुगेको भन्दै सफाइ दिएपछि सोमबार विहान ११ बजे सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर उनी दमौलीको तनहुँ कारागारबाट रिहा भएका थिए ।

सोमबार तनहुँको कारागारबाट छुटेपछि पोखरा पुगेका अभिनेता शाह आज मंगलबार काठमाडौं आएका हुन्।