
काठमाडौँ । कपालका लागि तेल निकै महत्वपूर्ण मानिन्छ । जसरी स्वस्थ जीवनका लागि हाम्रो शरिरलाई स्वस्थ खानेकुराको आवश्यकता पर्छ, त्यसैगरी बलियो र स्वस्थ कपालको लागि तेल कुनै स्वस्थ खानेकुराभन्दा कम होइन ।
त्यसकारण हप्तामा दुई पटक कपालमा तेलको प्रयोग अवश्य पनि गर्नुहोस् । तर तपाईंलाई फाइदा पुर्याउने यही तेलले तपाईंको कपाललाई राम्रो फाइदा पुर्याउँदैन ।
तेल लगाउने बेला केही कुरा याद राख्नुपर्छ । यदि यस्तो गर्नुहुन्न भने तेलले त्यो फाइदा पुर्याउँदैन जसको तपाईंलाई आवश्यकता छ । आउनुहोस्, तेल लगाउने बेला ध्यान दिनुपर्ने कुराबारे जानकारी लिऔं ।
नकोर्नेः तेल लगाउनुभन्दा पहिले के तपाईं पनि कपाल कोर्नुहुन्न ? यस्तो हो भने तेलले तपाईंको कपाललाई फाइदाको साटो नोक्सानी पुर्याउँछ ।
कपाल नकोरी जब तपाईं तालुमा मसाज गर्नुहुन्छ भने कपाल कमजोर हुन्छ र निक झर्ने गर्दछ । त्यसकारण तेल लगाउनुभन्दा पहिले कपाल राम्रोसँग कोर्नुहोस् ।
कपालको जरामा मात्र तेल लगाउनुः के तपाईं कपालको जरामा मात्र तेल लगाउनुहुन्छ, यस्तो बिर्सेर पनि नगर्नुहोस् । कपालको जराका साथै अन्त्यसम्म र पूरा कपालभरी तेल लगाउनुहोस्।
यसले तपाईंको कपाललाई पूर्ण रुपमा नरम बनाउँछ जसले कपाल बलियो बनाउँछ । तेल लगाएर सधैं मालिस गर्ने कोसिस गर्नुहोस्।
साधारण तेलको प्रयोगः के तपाईं सधैं भाँडोबाट तेल खन्याएर सिधै कपालमा लगाउनुहुन्छ । तपाईंको यो बानीले कपाल पूर्ण स्वस्थ हुन पाउँदैन।
तेललाई सधैं प्रयोग गर्नुभन्दा पहिले यसलाई हल्का मनतातो गर्नुहोस्। मनतातो तेलले कपालको जरामा राम्रोसँग सोस्छ।जसका कारण कपाल निकै स्वस्थ हुने गर्दछ।
निकै दह्रोसँग मजाजः तेल लगाएपछि कपाललाई निकै हल्कासँग मसाज गर्नुहोस् । यसो गर्दा कपाल झर्ने सम्भावना निकै कम हुन्छ । यसका साथै तेल लगाउने बेला औंलाको साटो कपासको सहयोग लिनुहोस् । यसलाई तेलमा डुबाएर जरा र कपालमा लगाउनुहोस् ।
तेल लगाएपछि कस्सिएको जुरोः तेल लगाएपछि कहिले पनि कस्सिएको जुरो नबनाउनुहोस् । यसले तपाईंको कपालको जरा कमजोर बनाएर कपाल झर्न सहयोग गर्दछ।
तेल लगाएर कपाललाई सधैं हल्का तरिकाले बाट्नुहोस् र कम्तीमा पनि ३/४ घण्टा पछि नै नुहाउनुहोस्। सुत्नुभन्दा पहिले तेल लगाएर सुत्दा रातभरी यसले कपाललाई निकै नरम र स्वस्थ बनाउन सहयोग गर्दछ।