१ वर्षपछि यस्तो देखिए पल,छोटो कपाल आँखामा पावर चस्मा, सुरुवाल अनि मन्द मुस्कान…भिडियो

काठमाडौँ । अभिनेता पल शाहले आफुलाई माया र सद्भाव राख्ने सबैलाई धन्यवाद दिएका छन् ।उच्च अदालत पोखराको फैसला अनुसार सोमबार उनी तनहुँ कारागारबाट रिहा भएर

बाहिरिने क्रममा कारागार परिसरमा उपस्थित समर्थकहरुलाई गाडीबाटै धन्यवाद दिएका हुन् ।
नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए ।

शाहलाई लिन उनका कानुन व्यवसायी कमलामोहन वाग्ले, परिवारका सदस्य र केही साथी कारागार भित्नै गएका थिए । उनीहरुले खादा र माला लगाएर पलको स्वागत गरेका छन् ।

नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो ।

तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।

यो पनि,, पल शाहलाई उच्च अदालतले दियो सफाइ, केही समय रिहाइ हुदै…

उच्च अदालत पोखराले नाबालिग बलात्कार अभियोग लागेका पूर्ण विक्रम शाह (पल शाह) लाई सफाइ दिएको छ। सफाइ पाएसँगै शाह भोलि जिल्ला कारागार तनहुँबाट रिहा हुने उनका कानुन व्यव सायी बरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए।

नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेशविरूद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको पुनरावेदनमा आइतबार भएको बहसपछि अदाल तले अभियोग दाबी नपुग्ने फैसला गरेको हो।

नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एक ल इजलासले गत भदौ २० गते शाहलाई बलात्कार अभियोगबाट सफाइ दिएको थियो। उक्त इजलासले शाहलाई बाल यौन दुरूप योगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडित लाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो।

उक्त फैसलाका विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय र अभियुक्त शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए।उच्च अदालतका कायममुकायम मुख्यन्यायाधीश

डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा आइतबार बहस भएको थियो। बहसमा नाबालिगका त र्फबाट उच्च सरकारी वकिल कार्यालयका

उपन्याायधिवक्ता रामप्रसाद अधिकारीले बहस गरका थिए भने अभि युक्तका तर्फबाट बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, कृष्णबहा दुर थापा, अधिवक्ता माधव घिमिरे, गणेशप्रसाद अधिकारी र जनक राज ढुङ्गानाले बहस गरेका थिए।

शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।

तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्।

बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको छ।