
काठमाडौं । पल शाह पोखराबाट काठमाडौँ आईपुगेका छन् । उनी आउने भएपछि विमान स्थलमा भिडभाड बढेर एयरपोर्टबाट यात्रु बा हिर ओसार्ने सटल बस समेत अवरुद्ध भएको थियो । अहिले भिड पन्छाएर सटल बस सुचारु गरिए को छ ।
जेलमुक्त भएर आज काठमाडौं आएका अभि नेता पल शाहलाई त्रि भुवन विमानस्थलबाट प्रहरीले घरतर्फ लगेको छ । केहिले उनलाई माला लगाईदिन पाएका थिए ।
धेरै भिड भएपछि पलको प्रतिक्षामा रहेका समर्थक, युट्यूबर र सञ्चारकर्मीको भिडलाई छल्दै प्रहरीले उनलाई अर्को बाटोबाट निकालेको थियो ।
पल आउनुअगावै उनको स्वागतमा विमानस्थ लको आन्तरिक टर्मिन ल अगाडि ठूलो भिड जम्मा भएको थियो । युट्यूबरहरु उनको ‘जेल जीवन पछिको पहिलो अन्तरवार्ता’ का लागि पर्खाईमा थिए ।
तर, भिडका कारण पललाई लिन गएको गाडी टर्मिनलभित्रै पठाइयो । गाडी भित्र लगिएको थाहापाएपछि भिड पनि गाडी निस्किने गेटमा जम्मा भयो ।
पलको गाडी भित्रबाट सुरक्षासहित आयो तर त्यहाँबाट निकाल्ने अवस्था नदेखिएपछि डीएसपीको निर्देशनमा गाडी डाइभर्ट गरियो ।
त्यसपछि भित्री बाटोबाट लगेर नेपाल एयरला इन्सको भवन छेउबाट निकाल्न खोजियो । त्यहाँबाट निस्किन पनि नसकेपछि अन्तिममा प्रहरीका डिएसपीले आफ्नै गाडीमा राखेर पललाई लिएर हिँडेका छन् ।
पललाई प्रहरीले लगेपछि पलका समर्थकहरुले होहल्ला गरेका थिए । युट्यूबर र सञ्चारकर्मी हरु जिल्ल परे ।