
प्रिय भाई पल,
बर्ष दिनको कष्टकर जिवनबाट मुक्ति पाएकोमा धेरै धेरै शुभकामना । तिम्ले गर्नुपर्ने थुप्रै काम छ यति बेला थाह छ तर पनि ति मध्ये यो एउटा कुरा पनि गर्न म जान्नि भएर सम्झाए है?
बिगतको घटनामा तिम्रो बिरूध्दमा जो जसरी लागेका भएता पनि “ति सबैलाई सहज जिवन यापन गर्न” तिम्ले एक फेर तिम्रा सबै प्रशंसक सँग सार्वजनिक अपिल हार्दिकता पुर्वक गरिदिनु भाई।
यस्ले तिम्रो Real Hero को उपमालाई प्रमाणित गर्छ।रियल हिरो भनेकै “दियो” हो नि भाई जो आफु जलेरै पनि दुनियालाई उज्यालो दिन्छ। तिम्रा कैंयौ Die Hard Fan हरूलाई केहि बेर यो कुरा ठिक लाग्दैन।
“बर्ष दिनको जेलको त्यो कष्टकर बसाईको भर्पाई कल्ले गरिदिन्छ त?” भन्ने सबैलाई लाग्ला। तर पछि सामान्य लाग्छ।
बैगुनीलाई गुनले मार्नु पनि पर्छ कैले काही ज़िन्दगीमा। यस्ले तिम्लाई महान बनाउछ। मलाई विश्वास छ तिम्ले गर्नेछौ।
अब केहि समय आमा र बैनी सँग लुटुपुटु भएर बसे। मिल्छ भने पुरानो घर दाङ गए केहि दिन।बाल्यकालका साथीहरू सँग भेटे काम थाल्नु अघि।
कैयौं कुरा त यै साल भएका हाम्रो भेट हरूमा पनि भाकोछ । बॉकि कुरा पनि मजाले पुरानो “बिरगंजिया” दिन सम्झिदै गरौला कुनै दिन तिम्ले “ दाई कता हो ” भनेउ भने!