बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात

काठमाडौं – बलिउड अभिनेत्री सुस्मिता सेनले हालै आफूलाई हृदय घात भएको बताएकी छन् । यसबारे उनले इन्स्टाग्राममा दिएकी छन् । उनको स्वास्थ्य अवस्थालाई लिएर फ्यान र अनुयायीले स्वास्थ्य लाभको कामना गरेका छन् ।

उनी लेख्छिन्, ‘आफ्नो हृदयलाई खुसी र साह सी तुल्याउनुस् । जब तपाईंलाई आवश्यक पर्छ, यो तपाईंसँगै उभिन्छ । मलाई केही दिन अघि हृदयघात भएको थियो । एन्जियोप्लास्टी गरें । स्टेन्ट राखिए को छ । सबैभन्दा महत्वपूर्ण कुरा, मेरो हृदयरोग विशेषज्ञले ‘मसँग ठूलो मुटु छ’ भनेर पुनः पुष्टि गरे ।

समयमै सहयोग र रचनात्मक कार्यको लागि सबैलाई धन्यवाद । यो पोष्ट तपाईं ९मेरा शुभचि न्तक र प्रियजनहरू०लाई शुभ समाचारको बारेमा जानकारी गराउनका लागि हो । सबै ठीक छ र म फेरि बाँकी जीवनको लागि तयार छु । म तपाईंलाई माया गर्छु ।’

सुस्मिताका फ्यानले उनको स्वास्थ्यलाभको कामना गरेका छन् । ‘चाँडै स्वास्थ्यलाभ गर्नू । तपाईंलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ एक फ्यान लेख्छन् । ‘

हे भगवान्, आफ्नो ख्याल गर्नु । तपाईं अहिले राम्रो गर्दै हुनुहुन्छ भन्ने थाहा पाउँदा खुसी लाग्यो । अतिमीलाई सधैं धेरै माया,’ अर्का एक फ्यानले लेखेका छन् ।

सुस्मिता चाँडै ‘आर्य’ सिजन ३ मा देखिनेछिन् । यसअघि सन् २०१९ मा सुस्मिताले इन्स्टाग्राममा आउनुको कारण आफ्नो खराब स्वास्थ्य रहेको बताएकी थिइन् । उनलाई उध्दृत गर्दै पिंकभि लाले लेखेको थियो, ‘म धेरै बिरामी थिएँ र कपाल झरिरहेको छ ।’

उनले सन् २०२० मा अनुपमा चोपडासँगको एक अन्तर्वार्तामा आफ्नो रोगको बारेमा पनि बताए की थिइन् ।सुस्मिता सेन इन्स्टाग्राममा नि कै सक्रिय रहन्छिन् । पछिल्ला दिनमा उनले केही पोस्ट नगरेपछि फ्यानहरु पनि चिन्तामा थिए ।

पाँच दिनअघि इन्स्टाग्राममा उनले मौसमका कारण आफू ठिक नभए को लेखेकी थिइन् ।हृदयघातपछि आफूले एन्जियोप्लास्टी पनि गरा एको उनले बताइन् ।

उनले फ्यानलाई अहिले आफू ठिक भएको जानकारी गराइन् । यो जानकारी साझा गर्दै उनले बुवासँगको तस्विर पोष्ट गरेका छन् ।सरल भाषामा भन्नुपर्दा मुटुको धमनीमा जम्मा भएको क्लट्स र फो होरलाई सफा गर्ने तरिका हो ।

मुटुको धमनीमा अत्यधिक बोसो र अन्य तत्वका कारण रक्तसञ्चार को बाटो रोकिन थाल्छ । केही दिनमा नशा पनि बन्द हुन्छ ।

त्यसैले हृदयघात हुन्छ । त्यसपछि एन्जियोप्लास्टी मार्फत ब्लकको ठाउँमा रिंग हालिन्छ, जसलाई स्टेन्ट भनिन्छ । रगतको प्रवाह पहिले जस्तै हुन्छ ।