म महाविश्वविद्यालयमा थिएँ त्यहाँ कोर्ष गरेर आएको छु: पल शाह

काठमाडौँ – एक अभियोगमा १ वर्ष कन्दी जीवन विताएर सोमबार थुनामुक्त भएका अभिनेता तथा मोडल पल शाहले जेललाई ‘महावि श्वविद्यालय’को संज्ञा दिएका छन् । उच्च अदालत पोखराले पलवि रुद्धको अभियोगमा दाबी नपुगेको भन्दै सफाइ दिएपछि

मंगलबार काठमाडौंस्थित घर प्रवेश गर्ने क्रममा उनले महाविश्व विद्यालयमा आफूले कोर्ष गरेर फर्किएको बताएका हुन् ।पलले सञ्चारकर्मीसँग भनेका थिए, ‘म ‘महाविश्वविद्यालय’मा थिएँ । त्यहाँ कोर्ष गरेर आएको छु । त्यहाँ के-के पढेर आएँ पछि भन्नेछु ।तर , त्यहाँ बसाई राम्रो भयो ।

विश्वविद्यालयमा गएपछि राम्रो ज्ञान सिकिन्छ नै । दमौली कारागार का आन्तरिक र बाह्य प्रशास नका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ।’ शाहले कारागारको चौकीदारदेखि आफ्नो रिहाइको प्रार्थना गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।२०७८ सालको फागुन १५ गते तनहुँ प्रहरी कार्यालयमा उपस्थित भएपछि उनको जेल जीवन सुरु भए को थियो ।

त्यसको ठीक एक वर्ष अर्थात् यही फागुन १५ गते उनी सम्पूर्ण मुद्धा बाट सफाइ पाएर रिहा भए । पल अब केही हप्ताभित्र काममा फर्कि ने तयारीमा रहेको बुझिएको छ । उनी काठमाडौं फर्किनसाथ म्यूजि क भिडियो तथा फिल्मको अफर गर्न हानाथाप सुरु भएको स्रोत बता उँछ ।पल म्यूजिक भिडियोबाटै कामको सुरुवात गर्ने योजनामा छन् ।

फिल्ममा भने उनले आगामी वर्ष मात्र काम गर्न सक्नेछन् । कानुनी झमेलामा फस्नुअघि उनले यशकुमारको एउटा अनटाइटल फिल्म, ‘सत्यम्’ र ‘ओ सजन’ फिल्म सम्झौता गरेका थिए । यी तीनवटै फि ल्मका मेकर पलको पखाई बसेका थिए । अब उनले यिनै फिल्म प हिला गर्नेछन् वा नयाँ, त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

यो पनि – प्रायः नेपाली अभिनेत्रीहरु ‘स्टेरियो टाइप’ भूमिकाबाट बाहिर निस्कन नसकेको टिप्पणी हुने गर्छ । तर, केही यस्ता अभि नेत्रीहरु पनि छन्, जसले त्यसखालको भूमिकाप्रति सुषुप्त रुपमा विद्रोह गरिरहेका छन् ।

अभिनेत्री सुरक्षा पन्तले करिअरको सुरुवाती समयदेखि छनोट गरेका चरित्र र फिल्म हेर्दा उनले ‘स्टेरियोटाइप’को विद्रोह गरिरहेको संकेत मिल्छ ।यो कुरा उनी आफैं पनि स्वीकार्छिन् ।आइतबार एक कार्यक्र ममा उनले भनिन्, ‘मैले चयन गर्ने भूमिका र फिल्मले ‘स्टेरियोटाइप ’को विद्रोह गरिरहेको छ भन्ने लाग्छ भने त्यो त खुसीको कुरा हो । सोच त्यही हो । नेपालमा महिला कलाकारहरुका लागि अवसरहरु कम छ ।

तर, फेरि अवसर भन्ने कुरा मागेर पाइँदैन । त्यो खोस्नु पनि पर्छ बेला बेलामा । त्यो खोस्ने भनेको चाहिँ आदरपूर्वक । र, नयाँ मेकरसँग काम गर्न डराउनु हुन्न ।’मनोवल लिएर आउने मेकरलाई प्रोत्साहन गर्नुपर्ने उनको धारणा छ । आफूलाई कहिले काहिँ नयाँ मेकरसँग काम गर्न के जरुरी छ र !

जस्तो लाग्ने गरेता पनि कलाकार भएपछि जिम्मे वारी पनि रहने बता उँदै उनी भन्छिन्, ‘दर्शकबाट पाउने मायाले जिम्मेवारी पनि साथमा लिएर आउँदो रहेछ । त्यसैले राम्रो खालको स्टोरी आयो भने म नयाँ मेकरसँग काम गर्नका लागि चाहिँ हिचकिचाउँदिनँ ।’आफूलाई फर क खालको स्टोरीले छानिरहेको उनको अनुभव छ ।

‘पर्सनालिटी एउटा देखियो भने त्यस्तै खालको फिल्म अफर हुने रहेछ । हामीलाई चाहिँ मेकरहरुले सोच्दै नसोचेको क्यारेक्टरमा राख्दिए हुन्थ्यो भन्ने हुन्छ । तर, त्यस्तो नहुने रहेछ,’ उनी भन्छिन्, ‘हामी जस्तो देखिन्छौं, त्यसलाई हेरेर क्यारेक्टर अफर हुने रैछ ।’ यो हुनुमा उनी मेकरको सोच फराकिलो हुन नसकेको मान्छिन् ।

कलाकार काचो माटो जस्तो जे बन्न पनि तयार हुने भएकाले कस्तो आकार दिने भन्ने आँट चाहिँ मेकरले लिएर आउनु पर्ने सुरक्षाको धा रणा छ । नयाँ मेकरसँग काम गर्दा व्यावसायिक हिसाबले ‘रिक्स फ्याक्टर’ बढी हुने भए पनि सहकार्यको हिसाबले चुनौतीपूर्ण र रमा इलो हुने गरेको उनको विगतको अनुभव छ ।

नयाँ मेकरमा उत्कृष्ट दिनुपर्छ भन्ने जोश र हुटहुटी धेरै नै हुने सुरक्षा पाउँछिन् ।‘स्थापित भैसकेका मेकरसँग काम गर्दा ‘रिक्स’ कम हुन्छ । शतप्रतिशत त नभनौं तर विश्वास जितिसकेको मेकरको फिल्म चल्छ भन्ने विश्वास हुन्छ । त्यो हिसाबले ‘रिक्स’ कम हुन्छ ।

नयाँ मेकरसँग चाहिँ ‘रिक्स फ्याक्टर’ बढी हुन्छ । र, म ‘रिक्स’ लिन तयार छु । जीवनको यो विन्दूमा आएर ‘रिक्स’ नलिए त के मज्जा आयो र !’, उनले फिल्म ‘बहाव’को ट्रेलर रिलिज कार्यक्रममा भनेकी थिइन् ।