पल शाह छुटेको एक सप्ता न हुदै अफरको ओहिरो । समिक्षा अधिकारी को हरी बेजोक ।

काठमाडौं । पल शाह पोखराबाट काठमाडौँ आईपुगेका छन् । उनी आउने भएपछि विमानस्थलमा भिडभाड बढेर एयरपोर्टबाट यात्रु बाहि र ओसार्ने सटल बस समेत अवरुद्ध भएको थियो ।

अहिले भिड पन्छाएर सटल बस सुचारु गरिएको छ ।जेलमुक्त भएर आज काठमाडौं आएका अभिनेता पल शाहलाई त्रिभुवन विमानस्थल बाट प्रहरीले घरतर्फ लगेको छ ।

केहिले उनलाई माला लगाईदिन पाएका थिए । धेरै भिड भएपछि पलको प्रतिक्षामा रहेका समर्थक, युट्यूबर र सञ्चारकर्मीको भिड लाई छल्दै प्रहरीले उनलाई अर्को बाटोबाट निकालेको थियो ।

पल आउनुअगावै उनको स्वागतमा विमानस्थ लको आन्तरिक टर्मिनल अगाडि ठूलो भिड जम्मा भएको थियो ।

युट्यूबरहरु उनको ‘जेलजीवन पछिको पहिलो अन्तरवार्ता’ का लागि पर्खाईमा थिए । तर, भिडका कारण पललाई लिन गएको गाडी टर्मि नलभित्रै पठाइयो ।

गाडी भित्र लगिएको थाहापाएपछि भिड पनि गाडी निस्किने गेटमा जम्मा भयो । पलको गाडी भित्रबाट सुरक्षासहित आयो तर त्यहाँबाट निकाल्ने अवस्था नदेखिएपछि डीएसपीको निर्देशनमा गाडी डाइभर्ट गरियो ।

त्यसपछि भित्री बाटोबाट लगेर नेपाल एयरला इन्सको भवन छेउबाट निकाल्न खोजियो । त्यहाँबाट निस्किन पनि नसकेपछि अन्तिममा प्रहरीका डिएसपीले आफ्नै गाडीमा राखेर पललाई लिएर हिँडेका छन् ।

पललाई प्रहरीले लगेपछि पलका समर्थकहरुले होहल्ला गरेका थिए । युट्यूबर र सञ्चारकर्मी हरु जिल्ल परे ।