
काठमाडौं । क्रिकेटर शरद भेषावकर र अभि नेत्री निशा अधिकारीको वैवााहिक सम्बन्धमा खटपट सुरु भएको छ । सम्बन्धमा तीतोपना सुरु भएसँगै निशाले काठमाडौं जिल्ला अदाल तमा शरदविरुद्ध अंश मुद्दा दायर गरेकी छन् ।
निशाले नाबालक छोरालाई समेत अंश भाग लगाउन माग गरेकी छन् । निशाले अंश भागब ण्डा लगाउन मुद्धा हाले पनि सम्बन्धविच्छेदको मुद्धा भने होलेकी छैनन् ।
उनीहरु २०७४ सालमा विवाह बन्धनमा बाँधिएका थिए भने २०७५ सालमा निशाले छोरालाई अमेरिकामा जन्म दिएकी थिइन् । अहिले दुवै नेपालमै आआफ्नो क्षेत्रमा सक्रिय रुपमा लागिपरेका छन् ।
सम्बन्धविच्छेद नगरिकन पनि श्रीमतीले अंश माग गर्न सक्ने कानूनी प्रावधानबमोजिम निशाले अंशको मुद्धा हालेकी छन् ।
तर, उनले डिभोर्सको मुद्दा भने दिएकी छैनन । यदि डिभोर्स दिएको खण्डमा स्वतः अंशबन्डा हुन्छ ।