
काठमाडौं – अनिता पहिलोपटक आफैले बोलेर अन्तर्वार्ता दिईन, धेरैपछि भेट्दा सबैलाई हँसा उन सक्ने भइछिन (भिडियो सहित) अनिता र विनोद कुनै सेलिव्रेटी होइनन् । तर पनि अहिले सामाजिक सञ्जालमा उनीहरुको चर्चा छ ।
कारण विनोदले पत्नी अनिताका लागि देखाए को माया । अस्पताल ल्याउँदा विनोदले अनिता निको भएर घर फर्कने आश गरेर ल्याएका थिए नन् । जे हुन्छ अस्पतालमै हुन्छ भनेर ल्याएका थिए । तर अहि ले उनको खुसी फर्कदै गएको छ ।
अनिता विस्तारै बोल्न थालेकी छन् । अरुको बोलेको बुझ्न समेत भएकी छन् । २०७२ सालमा अनिता र विनोद वैवाहिक सम्बन्धमा गाँसिएका थिए । घर गुल्मी भए पनि विनोद अनितासँगै भैरहवामा बस्न थाले ।
बिहेको दुई वर्षपछि छोरी आहनाको आगमनले उनीहरुको जिन्दगीमा खुशी थपिदिएको थियो । जिन्दगी ठिकैठाक चल्दै थियो। गएको जे ठबाट भने सबैकुरा गडबड हुन थाल्यो।
बुटवलमा घर बनाउने, छोरीलाई राम्रो स्कुलमा पढाउने, पति–पत्नी दुवैले जागिर गर्ने विनोदको योजनामा पानी पोखियो। जेठ २९ गते । सदाजस्तै विनोद खड्का काममा व्यस्त थिए । बेलुका ५ बज्नै ला ग्दा पत्नी अनिताले खप्नै नसक्नेगरी टाउको दुखेको भन्दै विनोदलाई फोन गरिन् । अनिताको आत्तिएको आवाज सुन्नासाथ विनोद हता रहतार कामबाट घर फर्के ।
घर फर्कंदा अनिता छट प टा इ र हेकी थिइन् । विनोदले भैरहवाको युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्समा पुर्याए । चिकि त्सकले ब्रेन ह्यामरेज भएको बताए । तत्कालै अनिताको सोही अस्प तालमा अप्रेसन गरियो । अप्रेसनपछि अनितालाई ४ महिना अस्पता लमै राख्नुपर्ने भयो । ४ महिना राखियो पनि तर त्यसपछि पनि अनि तालाई पूर्णरुपमा निको भएन । लामो समय भ्यान्टिलेटरमा राख्दा श्वासप्रश्वास नलीमा समस्या देखियो ।
अनिता दुब्लाउँदै जान थालिन् । असामान्य रुपमा तौल घट्दै ४५ किलोकी अनिताको तौज २५ किलोमा झर्यो । ४ महिनाको अस्प ताल बसाइमा विनोदले आफूले जीवनभर कमाएको १८ लाख खर्च गरिसकेका थिए । तरपनि अनितालाई सञ्चो हुन कुनै लक्षण देखि एन । त्यत्रो खर्च गर्दा पनि युनिभर्सल मेडिकल कलेजले उपचार सम्भव नहुने बताएपछि उनीहरुलाई अर्को आ प त आ इ लाग्यो ।
आफन्त र चिनजानका मानिसले पनि निरासा जगाइदिने काममात्रै गरे । ‘अनितालाई अब निको हुँदैन, थप प्रयास नगर’ भन्नेहरु धेरै थिए । अनिताको अवस्था झन् बिग्रँदै गयो । उनी अचेतजस्तै बनिन् । अन्ततः विनोदले पनि आफन्तको सल्लाहअनुसार अनितालाई बचाउन सकिने आश गर्न छोडे र गुल्मीमा लगेर बैतरणी कर्म गरे । अनिताको दुखाइ बढ्दै गयो । निको नभएपनि बाँचुञ्जेल पी डा नहोस् भनेर विनोदले काठमाडौं ल्याए ।
अनिता झन् झन् कमजोर बन्दै गइरहेकी थिइन्, हातखुट्टा चल्न छो डेका थिए । अनितालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरियो । अस्पतालको उपचारले अनिताको स्वास्थ्यमा सुधार आउने केही आशा जगाइदिएको थियो । केही समयको उपचारपपछि अनिता लाई थेरापीको आवश्यक ता पर्यो । उनीहरु काठमाडौं नेचुरोपेथी अस्पताल वसुन्धारा पुगे । त्यहाँ पनि पनि विनोद र अनिताले ४ महिना बिताइसकेका छन् ।
श्वासनलीमा समस्या देखिएपछि विनोदले घाँटी को अप्रेसनको लागि त्रिवि टिचिङ अस्पतालमा लगेका थिए । लामो समयको उपचारपछि अहिले पत्नीको स्वास्थ्यमा आएको परिवर्तन देखेर विनोदको अनुहारमा खुशी देखिन थालेको छ । अनिता अहिले राम्रो संग अरुले बुझ्ने गरि बोल्न सक्ने भएकी छिन ।