निर्माता छविराज ओझाले नायिकाद्धय रेखा थापा र पूजा शर्मालाई लिएर फिल्म बनाउदै

काठमाडौं – निर्माता छविराज ओझाले नायिका द्धय रेखा थापा र पूजा शर्मालाई लिएर फिल्म बनाउने भउका छन् । ओझा को लगानीमा बन्न लागेको अनटाइटल प्रो जेक्टमा रेखा र पूजाले सहकार्य गर्न लागे का हुन् ।

उसो त, यसअघि पनि रेखा र पूजाले मिलेर फिल्म बनाउने र एकसाथ खेल्ने चर्चा समेत चले पनि अब यो प्रोजेक्टमा छविराज ओझाको प्रवेश भएको हो ।

छविले केही दिनमा नै पूजासँग कागजी संझौता गर्ने खुलासा नायिका रेखा थापाले सोमबार आयोजित होली कार्यक्रममा गरे की छिन् । फिल्मलाई निर्देश क ज्ञानेन्द्र देउ जाले निर्देशन गर्ने छन् ।

अन्य समाचार / को हुन हर्क साम्पाङ ?
हर्कसाम्पाङ, खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा सङ्घ र्षरत व्यक्ति हुन् ।

विसं २०३९ साल फागुन १५ गते खोटाङ को खार्ता म्छामा जन्मेका साम्पाङ त्यहीको शुक्रबारे माविबाट प्रवेशिका उत्तीर्ण गरी ०५६ सालतिर उच्च शिक्षा अ ध्ययन गर्न ध रान झरेका थिए ।

उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छन् । अध्ययनकै क्रममा उनले धरानस्थित एक ‘ल्याङ्ग्वेज सेन्टर’मा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरे । त्यस को केही समयपछि विदेशिएका साम्पाङ अफ गानिस्तान र इराकमा छ वर्ष बसेर देशमै केही गर्नु पर्छ भनेर उनी सामाजिक काममा लागे ।

अहिले उपमहानगर प्रमखमा लोकप्रिय म त ल्याएर विजय हासिल गरेका साम्पाङ सामाजिक अभियान मा समेत निरन्तर ला ग्दै आएका थिए । तर चर्चा भ ने कम नै थि यो ।

उनले धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी रा जमार्गअन्तर्गत स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट उनले सुरुआत गरे । सडक विस्तारका नाममा स्थानीय लाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएपछि सा म्पाङको परिचय फैलँदै गयो ।

सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भई काम सुरु भएर पानी वितरण त भए पनि सम स्या भने ज्युँकात्युँ रह्यो । अहिले पनि धरानमा खा नेपानी अभाव छ । साम्पाङले पहिलो पटक हिम्म तका साथ आयोजनाप्रति प्रश्न गर्न थाले । खानेपा नी मा केही राजनीतिक चलखेल भएको जना उँदै उनी एक्लै सडकमा उत्रे ।

यस विषयमा बिस्तारै अन्यले पनि साथ दिँदै गए । धरानको खानेपानी आयोजना, बिपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र म हँगीविरुद्ध उनले आवाज बुलन्द पार्दै गए । उनको अभियानलाई धरानका स्थानीयले साथ दिन थालेपछि निरन्तर खबरदारीमा लागि रह्यो।

‘सतिसाल’झैं नागरिकका सानातिना स मस्यामा उनी आवाज उठाइरहँदा आज अरुको साथ नपाए पनि धरानका स्थानीय को पूर्ण साथ पाएका छन् । जनताको से वा गर्न चुनिएका राजनीतिक दलका जनप्र तिनिधि गम्भीर नहुँदा स्थानीयमा असन्तु ष्टि चुलिएको उनको बुझाइ छ ।

त्यही असन्तुष्टिका कारण आफूले लोक प्रिय मत पाएको उनी बताउँछन् । ‘यो चु नावमा न मेरो कुनै सङ्गठन थियो र छ, न म कुनै सेलेब्रिटी वा धनाढ्य हुँ । तर मैले जनताको समस्या सार्वजनिकरूपमा उठा एकाले स्थानीयले मलाई विश्वास गरे। उनी हरु प्रति धेरै कृतज्ञ छु’, नवनिर्वाचित साम्पा ङले भने ।

विसं २०७४ को स्थानीय तहको चुनावमा उनी केवल मतदाता भएर मैदानमा थिए । ०७६ को उपचुनावमा भने उनी तिनै मुद्दा लिएर एक्लैको निर्णयले स्वतन्त्र उम्मेदवार बनेका थिए । भ्रष्टा  चारमुक्त समाज र पार दर्शी शासन उनको मान्यता रहेको छ । उनी धरानको खानेपानीको व्यवस्थापन आफ्नो पहिलो जिम्मेवारी भएको बताउँ छन् । ‘धरा नका सबैलाई खानेपानी व्यव स्था गरेपछि मात्र मेरो जीत हुन्छ’, उनले भने ।