ऋषि धमलालाई पटमूर्खको उपाधि, भन्टा र आलुको मालाले सम्मान

धनुषा । यस वर्षको पटमूर्खको उपाधि सञ्चारकर्मी ऋषि धमलालाई प्रदान गरिएको छ । मंगलबार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा धमलालालाई पटमूर्खको उपाधि दिइएको हो ।

महामूर्खको उपाधि जनकपुरधाम उपमहानगर पालिकाका मेयर मनोज साहले पाएका छन् । मधेस प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री सुनिता यादवले उल्लु स्वरूपको टोपी र परवलको मालासहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

साथै समाजका लागि विभिन्न क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्तिलाई पनि विभिन्न शीर्षकको मूर्खको उपाधिले सम्मानित गरिएको छ ।

विभिन्न शीर्षकमा मूर्खको उपाधि पाउने विशिष्ट रत्नेश्वर लाल कर्ण (डपौर शङ्ख), महोत्तरी मठिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल (वैशाखानन्दन), नेत्री विभा ठाकुर

(गणपसारी), वन कर्मचारी लालबाबु यादव (हराशङ्ख), अधिवक्ता रेखा झा (सिलौट शङ्कर), याज्ञवल्क्य विद्यालयका प्रधाना ध्यापक सञ्जयकुमार झा

(खपसुरत), खेलाडी अरुण लाल (बज्रशङ्ख), व्यवसायी बलराम साह (ब्रजशङ्ख), पत्रकार वीरेन्द्र रमण (सोटाचन्थ), कवयत्री किर ण झा ‘रश्मी’ (टुनमुसरी) तथा मोनाष्टिक स्कुलका सञ्चालक डा. सोनु साह (बज्रकिट) रहेका छन् ।

सबै मूर्ख उपाधि पाउनेलाई भिन्डी, भन्टा, आलु, खुर्सानी, केसौर, कटहरसहितको माला लगाएर सम्मान गरिएको थियो । सो समा रोहमा विभिन्न कवि तथा साहित्यकारले कविता, होली तथा जोगिरा प्रस्तुत गरेका थिए ।