दुर्गा प्रसाईं माथि प्रहरीको एक्सन, को हुन् पक्राउ परेका

काठमाडौं, २४ फागुन । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका विरुद्ध अराजक अभिव्यक्ति दिएर चर्चामा रहेका व्यवसायी दुर्गा प्र साईं विरुद्ध सरकारले एक्सन लिएको छ ।

प्रसाईंले बैंक तथा वित्तीय संस्थाका म्यानेजरलाई कालोमोसो दल्ने भन्दै युवा दस्ता बनाएका थिए । उक्त दस्ताका संयोजक शम्भु थापा बुधबार पक्राउ परेका छन् ।

प्रहरीले चितवनबाट उनलाई पक्राउ गरेको हो । प्रहरी श्रोतका अनुसार उनलाई अहिले जिल्ला प्रहरी चितवनमा राखिएको छ । कालोमोसो भन्दै अराजक अभियानमा जोडिएका अन्यलाई पनि प्रहरीले खोजिरहेको छ ।

यो पनि,,कलाकार सागर लम्साल (बले)को पिता तथा लोकगायक राजेन्द्र लम्सालको नि’ धन

काठमाडौँ । लोकगायक राजेन्द्र लम्सालको नि’ धन भएको छ । १२ वर्षदेखि स्पेनमा बस्दै आएका ६० बर्षिय गायकको सोमबार राती नि’ धन भएको उनका भान्जा तथा संगीतकार एवं गीतकार शिव हमालले जानकारी दिए । लम्साल मोडल तथा कलाकार सागर लम्साल (बले)को बुवा हुन् ।

लम्साल पहिल्यैदेखि बिरामी थिए । भान्जा नाता पर्ने संगीतकार हमालका अनुसार राजेन्द्र अत्य धिक मा’ दक पदार्थ सेवन गर्थे । पछिल्लो समय पिसाब सम्बन्धी समस्या देखिएको थियो ।

आचार्यको पा’ र्थिव शरिरलाई स्पेनबाट नेपाल ल्याइने भएको छ । भिडियो छायांकनका लागि पोखरा पुगेका सागर पनि काठमाडौं फर्कँदैछन् ।

राजेन्द्र लोक गायन क्षेत्रका पाका गायक हुन् । उनले गाएका दर्जनौं गीत लोकप्रिय छन् । ‘जापान टोकियो’, ‘डोरीको तिन फुदा’, ‘वालि ङ्ग फिरफिरे’,

‘शिरमा रिवन सल्को पछ्यौरी’, ‘भिरको टुनि हो’, ‘मस्र्याङदीको पुल’, ’आमा तिम्रो दुधको भारा’, ‘राईनासकोटको भिर’, ‘निलो पछ्यौरी’ ल गायतका लोकप्रिय गीत हुन् ।

‘जापान टोकियो’ उनको सर्वाधिक हिट गीत हो । गायकको नाम थाहा नपाएपनि धेरैको मुखमा यो गीत अहिले पनि झु’ ण्डिएको छ ।

उनको नि’ धनमा कलाकर्मीले सामाजिक संजा लबाट श्र’ द्धाञ्जली दिइरहेका छन् । गायिका शिला आलेले बाल्यकालबाटै आचार्यको आवा ज सुन्दै आएको भन्दै लेखेकी छिन्,

‘बाल्यकालमा उहाँकै आवाजका गीत सुनेर गाउने प्रेरणा मिल्यो, साह्रै मीठो आवाज अनि मृदभाषी आदरणीय दाजु राजेन्द्र लम्सालको नि’ धनले स्तब्ध छु ।’

लोकगायक रामजी खाँडले पनि श्र’ द्दान्जली दिएका छन् ।राजेन्द्रका सागरसहित ३ छोरा र १ छोरी छन् ।