नेपाल मै पहिलो पटक ‘नारी टिभी’ आउदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामि छानेले आफ्नी पत्नीले सञ्चालन गर्दै आएको ‘टिभी फिल्मी’को नाम परिवर्तन भएको जनाएका छन् ।सभापति लामिछानेले बुधबार ट्वीट गर्दै ‘टिभी फिल्मी’को नाम परिवर्तन गरेर ‘नारी टिभी’ बनाएको जनाए का छन् ।

लामिछानेकी पत्नी निकिता पौडेलले ‘टिभी फिल्मी’ चलाउँदै आएकी छिन् । त्यसको मालिक निकिता र उनका बुबा उद्धव पौडेल हुन् ।स भापति लामिछानेले लेखेका छन्, ‘समुन्नत नेपालका लागि लैङ्गिक समानता अपरिहार्य छ । प्रविधिमा महिलाहरूको पहुँच बढाउने सन्द र्भमा एसटीईएम शिक्षामा महिलाहरूको सहभागिता बढाउन जरुरी छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्पूर्णमा शुभकामना । साथै १४ वर्षदेखिको टिभी फिल्मीलाई नारी टिभी बनाउने सोंचका लागि श्रीमतीजीलाई शुभकामना ।’ टेलिभिजनको प्रस्तोता लामि छानेले लामो समय न्युज २४ र केही समय ग्यालेक्सी फोरके टिभीमा काम गरेका थिए ।

लामिछानेलाई टेलिभिजन कसरी चलाउने भन्ने कुराको राम्रो जानका री छ ।सोही भएर पनि उनले निकितालाई टिभी फिल्मी नाम परिवर्तन गरेर नारी टिभी बनाउन सुझाव दिएको चर्चा छ ।नागरिकता कीर्ते का ण्डमा परेपछि सांसद पद गुमाएका लामिछानेले पत्नीलाई टिभी कस री सञ्चालन गर्ने भनेर फुर्सदको समयमा सुझाव र सल्लाह दिने गरे का छन् ।

यो पनि – गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग औप चारिक रुपमा विवाह गरेका छन् । गत मंसिर २६ गते काठमाडौं महा नगरपालिका-३१ को वडा कार्यालयमा उनले विवाह दर्ता गरेका छन् । उनीहरूको विवाह दर्ताको प्रमाणपत्र बुधबार सार्वजनिक भएको हो ।

विवाहअघि लिभिङ टुगेदरमा बस्दै आएका उनीहरूको एक छोरासमेत छन् । साङबुङ २० वर्ष नपुगेका कारण छोरा हुँदासमेत उनीहरूले औ पचारिक विवाह गरेका थिएनन् । विवाहबारे सञ्चारमाध्यममा समा चारहरू आएपनि राजेशपायलले भने अहिलेसम्म औपचारिक रुपमा केही खुलाएका छैनन् ।विवाह दर्ताअनुसार राजेशपायलको उमेर ४७ वर्ष र प्रेमिका सङबुङ २१ वर्षकी छिन् । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकालले राजेशपायल राईले वि वाह दर्ता गरेको पुष्टि गरे ।विवाह दर्ताअनुसार राजेशपायलको उमेर ४७ वर्ष र प्रेमिका सङबुङको उमेर राजेशपायलभन्दा आधाले कम छ ।

विवाहअघि उनीहरु लिभिङ टुगेदरमा बस्दै आएका थिए । गत दशैंको महाष्टमीको बेला यी दुईले सन्तानलाई जन्म दिएको खुलासा भएको थियो । सङबुङले बच्चा जन्माएको जानकारी त्यतिबेला टिकटक बाट दिएपछि समाचार बाहिर आएको थियो ।यता नेपाली चलचत्रि क्षेत्रकी चर्चित अभिनेत्री सुरक्षा पन्तले इन्गेजमेन्ट गरेकी छिन् ।

उनले अभिनेता मानब सुवेदीसँग इन्गेजमेन्ट गरेकी हुन् । सुरक्षाले आफूहरुले इन्गेजमेन्ट गरेको बारे सामाजिक सञ्जालमार्फत जान कारी गराएकी छिन् ।बुधबार एक तस्बिर शेयर गर्दै उनले आफूहरुले आजबाट नयाँ अध्याय सुरु गरेको बताएकी छिन् । उनले लेखेकी छिन् बाट नयाँ अध्याय सुरु हुँदै छ। हामी धेरै खुसी छौँ। आशिर्वाद दिनुहोला।

केही वर्षदेखिको प्रेम सम्बन्धमा रहेका उनीहरुले आज इन्गेजमेन्ट गरे का हुन् ।उनीहरु ६ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । सन् २०१५ मा रिलिज भएको ‘अझैपनि’बाट सुरक्षाले अभिनय शुरु गरेकी थिइन् । यता मानबले भने पहिलो फिल्म अन्तरालपछि नेपथ्य र चिनी कम रङ कडामा अभिनय गरेका थिए । सुवेदी झापाका हुन ।