
लोक तथा देउडा गायिका रेखा जोशीको घाँटीमा समस्या देखिएको छ । सोही कारण उनले विगत दुई महिनादेखि नयाँ गीत रेकर्ड गराए की छैनन् । मेला महोत्सवमा समेत उनी सहभागी हुन पाएकी छैनन् ।
डाक्टरको सल्लाह अनुसार नै केही समयलाई रेकर्डिङ र महोत्सवका कार्यक्रमलाई थाँति राखेर उनले आराम गरेकी हुन् ।
घाँटीमा देखिएको समस्या समाधान हुन अझै केही समय लाग्ने गायिका जोशीले बताएकी छिन् ।
‘डाक्टरको सल्लाह अनुसार अझै सुधार हुन दुईदेखि तीन महिना लाग्ने हुँदा मेरा भगवानरुपी दर्शक र सम्पूर्ण शुभचिन्तकहरु समक्ष केही समयको लागि जोडिन नपाउँदा अन्त्यन्तै दुःख लागेको छ’
गायिका जोशीले फेसबुकमा स्टाटस् लेख्दै भनेकी छिन् ‘मलाई आशा छ यहाँहरुको माया र आशीर्वादले छिट्टै निको हुने छु । र, यहाँहरु समक्ष जोडिने छु ।’
देउडा गीतमा जमेकी पछिल्लो पुस्ताकी गायिका जोशीले केही चलचित्रका गीतमा समेत स्वर दिएकी छिन् । सुदूरपश्चिमको विशिष्ट मौलिक भाका हो, देउडा
खस सभ्यतासँगै यसको शुरुआत भएको मानिन्छ । यो मेलापर्व, उत्स व, भोजभतेरमा नाच्दै गाइने गीत हो । उहिले बैंसालुहरूले देउडा गाए रै सवाल-जवाफ र प्रेमदेखि घरजमसम्म गर्थे ।
हालसम्म कति गीत गाइन त ? ‘४०० सम्म त टिपोट गरेकी थिएँ, त्यसपछि छाडेँ’, रेखा भन्छिन्, ‘लोकदोहोरी र तीज गीत समेत गर्दा अहिलेसम्म ७०० भन्दा बढी नै गाएँ होला ।’
उनका अनुसार सुदुरपश्चिममा गावैपिच्छे राम्रा-राम्रा देउडा गायक-गायिका भेटिन्छन्, यसैमा समर्पित भएर लाग्नेहरु भने कम छन् । सां गीतिक परिक्रमाले रेखालाई ख्याती दियो र दर्बिलो बाँच्ने आधार पनि ।