
‘छक्कापञ्जा ४’ दश करोड क्लबमा प्रवेश गरेको छ । प्रदर्शनको दोस्रो सप्ताहन्तसम्म फिल्मले साढे १० करो ड ग्रस हाराहारीमा कमाइ गरेको छ । दीपकराज गिरी स्टारर पोलिटिकल र कमेडी ड्रामा यस वर्ष नेपाली ब क्स अफिसमा दुई अंकको कमाइ गर्ने चौथो फिल्म हो ।
यस वर्ष दुई नेपाली फिल्म ‘कबड्डी ४’ र ‘महापुरुष ’सहित ‘अवतार : द वे अफ वाटर’ र ‘पठान’ले १० करोडभन्दा बढी कमाइसकेका छन् । प्रदर्शनको १० दिनसम्म हेमराज बीसी निर्देशित ‘छक्कापञ्जा ४’ले आक्रामक कमाइ गरेको हो । आइतबार सँगै अकुपे न्सीमा ड्रप भएपनि तेस्रो सप्ताहन्तमा फिल्मको कमा इमा अझै वृद्धि हुने प्रक्षेपण गर्न सकिन्छ ।
दोस्रो शनिबार मात्रै फिल्मले डेढ करोडभन्दा बढी क माइ गरेको थियो । वितरक मनोज राठीले फिल्मको कमाइ उत्साहजनक भएको बताउँदै आगामी सातापनि व्यापारमा वृद्धि हुने आँकलन गरे । रोचक कुरा के छ भने छक्कापञ्जा ४ को व्यापार हेर्दा काठमाडौंपछि चितवन दोस्रो ठूलो फिल्म बजार बनेको छ ।
चितवनमा मात्रै फिल्मको कमाइ करोडभन्दा बढी छ ।गत बिहीबारदेखि मध्यपूर्वमा समेत रिलिज भएको छक्कापञ्जा ४ ले पहिलो सप्ताहन्त मात्र झण्डै तीन करोड रुपैयाँ ग्रस कमाएको जनाइएको छ । अमेरिका र अष्ट्रेलियामा पनि आक्रामक ढंगले फिल्म चलिरहेको देखिन्छ ।
दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, नीर शाहको शीर्ष भूमिका रहेको फिल्म राजनीतिक कथा वस्तुमा आधारित छ ।घरेलू बक्सअफिसमा आक्रामक कमाई गरिरहेको फिल्म ‘छक्का पञ्जा ४’मा समावेश सहकारी सम्बन्धी एउटा संवाद हटाउन माग गर्दै राष्ट्रिय सहकारी महासंघले सोमबार चलचित्र विकास बोर्डमा निवेदन बुझाएको छ ।
महासंघका अध्यक्ष मिनराज कंडेलद्वारा हस्ताक्षरित निवेदनमा सहकारी क्षेत्रको विश्वसनीयतामाथि नै प्रश्न उठाउने खालको संवाद प्रयोग भएकोमा आपत्ति जनाइ एको छ ।निवेदनमा लेखिएको छ, ‘छक्का पञ्जा ४’मा सहकारी सम्बन्धी लाञ्छनायुक्त एवं नारी अस्मितामा खलल पुग्ने संवाद रहेकोमा समग्र सहकारी अभियान को तर्फबाट महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त फिल्ममा एउटा संवाद छ, ‘श्रीमती भनेको बैंकको लोन हो । मेन्टेन गरेन भने घरबार लिलाम हुन्छ ।’, त्य सपछि महिला पात्र भन्छिन्, ‘अनि म चाँही के नी ?’ त्यसपछि पुरुष पात्रले जवाफ दिन्छ, ‘सहकारी ! भाग्न पनि सक्छ ।’ यति भनेपछि राजा अर्थात पुरुष पात्र त्यहाँबाट बाहिरिन्छ ।
यसर्थ सहकारी क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उब्जिने उक्त कपोलकल्पित, भ्रामक, तथ्यहीन संवादको घोर भर्त्सना गर्दै भ्रम सिर्जना हुने उक्त संवाद तत्काल हटा उन अनुरोध गर्दछौं ।’फिल्ममा महिलालाई भाग्ने सह कारीको रुपमा ब्याख्या गरिएको संवाद छ ।
उक्त संवादप्रति सहकारी क्षेत्रका विभिन्न व्यक्तिहरुले आपत्ति जनाएका छन् । केही दिन अगाडि सहकारी स ञ्चालक तथा कलाकार मधुसुधन पाठक (सिते बा)ले सहकारीको विषयमा अतिरञ्जित हिसाबले राखिएको संवादप्रति घोर आपत्ति जनाउँदै अध्ययन बिना प्रयोग गरिएको संवाद सही नभएको बताएका थिए ।
तर नेपाल मा सहकारी को ईतिहास भने गर्ब गर्न लाय क छैन । थुप्रै सहकारी संचालकहरु बचत कर्ताको पैसा लिएर भागेका छन् भने कतिपय सहकारीले बचतकर्ता को पैसा समेत फिर्ता गर्न नसकेको समाचारहरु बाहिरि एका थिए । त्यहि तितो सत्यलाई चलचित्रमा प्रस्तुत ग र्दा केहि सहकारी संचालकको टाउको दुखेको छ ।