
काठमाडौँ – नायिका बर्षा सिवाकोटी राम्रै नाम र दाम कमाउने नेपाली नायिका हुन् । म्युजिक भिडियो र फिल्म खेले बापत राम्रै पारिश्रमिक लिनर गर्थिन । उनलाई नत म्यजिक भिडियोको कमि थियो नत फिल्म कै । तर ठिकठाक चलिरहेको बर्षाको जिन्दगीमा आएको खुसीको बर्षा भने लामी समय टिक्न सकेन ।
उनको जिन्दगीलाईनै उथल पुथल बनाईदियो ।उनको सफल करियर मा डीभोरसी नायिकाको टाग लागेको छ ।नायिका वर्षा शिवाकोटीले अमेरिका निवासी आशिष गेलालसँग विवाह गरेको एक वर्ष पनि भए को छैन। उनीहरूले गत वैशाखमा गुपचुप विवाह गरेका थिए। विवा हको १० महिनामै दुवैको वैवाहिक सम्बन्ध अन्त्य भएको छ।
वर्षाले सामाजिक सञ्जालमा गत वैशाखमा गेलालसँग विवाह भए को सार्वजनिक गर्दै लेखेकी थिइन्, ‘परिवार र निकट साथीहरूका माझमा २०२२ अप्रिल २२ मा बिहे गरेको खबर सार्वजनिक गर्न पाउँदा हामी खुसी छौं। हामीले नयाँ जिन्दगीको सुरुआत गरेका छौं।
तपाईंहरू सबैले दिएको माया र सहयोगका लागि धेरै धन्यवाद। स प्रेम – आशिष र वर्षा।’बिचमा यी दुवैबीच सामाजिक सञ्जालमा फलो र अनफलोको क्रम चलेपछि दुवैको सम्बन्ध बिग्रिएको लख काटिएको थियो। यी दुवैले आफ्नो सम्बन्धका बारेमा केही सार्वज निक गरेनन्।
एकाएक वर्षाको इन्स्टाग्रामबाट विवाहको फोटो डिलिट भयो। सोमबार आशिषको एक आफन्तको फेसबुकमा उनले अर्कै युव तीसँग विवाह गरेको तस्विर र भिडियो बाहिरियो। उनीहरूको वैवाहिक अवस्थाबारे उकेराले जिज्ञासा राख्दा वर्षाले प्रष्ट केही खुलाइनन्।
उनले ‘सामाजिक सञ्जाल पारदर्शी छ। पब्लिक रुपमा यसबारे बोल्नु छैन। जसले जे सोच्दा पनि हुन्छ। सबैलाई आफूखुसी सोच्ने स्वतन्त्रता छ,’ मात्र भनिन्। सोमबार बाजा बजाएर आशिषले समी क्षासँग विवाह गरेको तस्विर र भिडियो फेला पारेकाले नायिका वर्षा शिवाकोटीको वैवाहिक सम्बन्ध समाप्त भएको पुष्टि हुन्छ।
अमेरिका घुमेर फर्किए लगत्तै नायिका वर्षाले २०७९ वैशाखमा आशिषसँग विवाह गरेको बाहिरिएको थियो। उनले इन्स्टाग्राममा तस्विर राखेर यसको पुष्टि गरिन्। पछि वैवाहिक कार्यक्रमका थप तस्विर पनि बाहिरिए। उनले अमेरिका निवासी इन्जिनियर गेलालसँग मागी विवाह गरेकी थिइन्।परिवारबाट विवाहको कुरा आएपछि उन ले अमेरिका गएर आशिषलाई भेटेकी थिइन्। पछि विवाहको योजना बनाएर दुवैले नेपाल फर्किएर विवाह गरेका थिए। विवाह भएको ४ दिनमै उनका श्रीमान आशिष वर्षालाई छाडेर अमेरिका पुगे। वर्षा ‘लक्का जवान’ फिल्मको प्रमोसनमा व्यस्त थिइन्।
फिल्म रिलिज भएपछि उनी अमेरिका गइन्। वर्षाले नेपाल फर्किए लगत्तै श्रीमानसँगको फोटो सामाजिक सञ्जालबाट हटाएकी थिइन्। सोमबार त आशिषले अर्कै युवतीसँग विवाह गरेको तस्विरै बाहिरि यो। छोटो समयको प्रेमपछि उनीहरु श्रीमान–श्रीमती बनेका थिए ।
तर, आपसी असमझदारीका कारण १० महिनामै उनीहरु अलग भए का हुन् ।वर्षा र आशिषको औपचारिक सम्बन्धविच्छेद भइसकेको छ ।वर्षासँग छुट्टिएलगत्तै आशिषले झापाकी युवती समिक्षा विमलीसँग मागी विवाह गरेका हुन् । उनीहरुको हिजो झापामै विवाह भएको बु झिएको छ ।