बिहेका लागि तयार भएकी मलिनाको ब्रेकअप हुनुको कारण यस्तो रहेछ , फ्यानहरु छक्क परे

पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशीलाई नै हेरौं । फिल्म र प्रेम सम्बन्ध दुवै उनलाई फाप्न सकेको छैन । फिल्म ‘ऋतु’बाट अभि नेत्रीमा डेब्यू गरेकी उनी केही वर्ष अभिनेता अनुपविक्रम शाहीको प्रे ममा रहिन् । पछि उनीहरु छुटिए ।

त्यसपछि मलिनाको जिम ट्रेनर सुशान्त प्रधान को माया बस्यो । उनीहरु बिहेको योजनामा समेत थिए । तर, अब दुवै एकअर्काबाट अलग भएका छन् । हालै एक अवार्ड कार्यक्रममा सहभागी भएकी अभिनेत्री जोशीले सुशान्तसँग ब्रेकअप हुनुको कारण खुलाएकी छन् ।

उनले भनेकी छन्, ‘एउटा पब्लिक फिगरले प्रेम सम्बन्ध सार्वजनिक गर्दा सधैंभरी होस् भन्ने सोचले नै गर्छ । तर, समय वित्दै जाँदा धेरै कुरा थाहा हुने रहेछ । कहिले काहिँ एकअर्कामा धेरै भिन्नताहरु देखि ने रहेछ । अन्य कुराहरु पनि छन्, जसले गर्दा हामी अलग भएका हौं ।’

उनले प्रेम सम्बन्ध टुटे पनि आफूले सुशान्तको सधैं भलो चाहने बता एकी छन् । ‘उसको सयौं सपना होस् र सबै पूरा होस् । उसको पोड कास्ट एकदमै पपुलर होस् । उसको स्वस्थ्य सधैं राम्रो होस्,’ उनले भनेकी छन् ।

सुशान्तसँग प्रेममा रहँदा मलिना दिनहुँ जिम धाउँथिन् । तर, अहिले जिम जान छाडेको उनको भनाई छ । उनी अभिनीत फिल्म ‘छक्का पञ्जा ४’ फागुन १९ गते रिलिज हुँदैछ ।

नायिका तथा पूर्व मिस नेपाल मलिना जोशीसँगको एउटा तस्वीर पोष्ट गर्दै प्रधानले ‘ह्याप्पी बर्थ डे लभ लेखेको करिब १ वर्ष पुग्न लाग्दा अहिले यो जोडीको कुनै पनि तस्विर सामाजिक संजालमा देखिँदैन ।

अहिले ब्रेकअप पछि दुबैले आ–आफ्नो सामाजिक सञ्जाल र वालबाट फोटो, भिडियो हटाएका छन् ।जोशीले एक अन्र्तवार्ताको क्रममा बताएकी छन, ‘कहिलेकाही समय बित्दै जाँदा धेरै कुराहरु थाहा हुन्छ ।