स्वर्गि”य श्रीमतीको सम्झनामा मदनकृष्ण श्रेष्ठले सार्वजनिक गरे मनै रुवाउने यो गीत (भिडियो सहित)

कलाकार मदनकष्ण श्रेष्ठ ले आफ्नी श्रीमती को लागि गीत तयार पारेका छन्। र उनी सम्झन्छन् मेरो त्यो चौतारी`को लहल`हाउँदो पिपलको रुख ढलेको नि अब त दुई बर्ष नौ महिना भैसकेछ । एक दिन पोखराबाट सुप्रसिध्द गीतकार श्री प्रकट पगेनी शिबजीको फोन आयो र भन्नुभो, ‘मदनकृष्ण`जी मैले तपाईँलाई नै सम्झेर एउटा गीत लेखेर मेसेन्जरमार्फत पठाई दिएकोछु एक पटक हेर्नुस न है’

गीत पढेँ एकदमै मन पर्यो। छोरी सराना श्रेष्ठ`लाई पढेर सुनाउँदा उन्ले एकदमै मन`पराईन । यमनले त झन तुरुन्त संगीतै भरीदियो । हुन त मेरो स्वरले पनि अब त मसंग सोसियल डिस्टाय्न्स मेन्टेन गर्न थाली`सकेको छ ।तैपनि पोखरा निबनसी श्री प्रकट पगेनी शिबजीको शब्द, छोरा यमन श्रेष्ठको संगीतमा एउटा यो गीत गाएर मह`संचारको यु्ट्यूबमा राखेकोछु ।

मेरा लागि माया र आशि`र्बादका महा`सागर समान दर्शक श्रोताहरुले मेरो नयाँ गीत लाई हेरेर सुनेर मनमनै गुनेर कमेन्ट पनि गरी`दिनुहोला ताकि मलाई अझ केहि गर्न जोश र जागर जा`गोस । यो नयाँ गीतको सुन्दर शब्द हुन । बर ढले पिपल एक्लै, पिपल ढले बर, जो ढले नि चौतारीको छाती चररर…