
२ चैत, काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल २ रनले विजयी घोषणा भयो ।
यो जितसँगै ४० अंकका साथ नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टूको तेस्रो स्थानमा उक्लिँदै विश्वकप छनोटमा पुग्न सफल भयो ।डिएलमा ९ रनले विजयी हुनुपर्ने भएकाले अन्यथा भएकाले सच्याएका छाैं
यो पनि,,नेपालमा अर्को पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रधानमन्त्रीको घोषणा , कहाँ बन्दैछ ? हेर्नुहोस पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अब निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पनि निर्माण प्रक्रिया अघि बढ्ने बताएका हुन् ।
पोखरा विमानस्थलले देशको अर्थतन्त्रलाई सहयोग गर्ने आशा व्यक्त गरेका उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया सरकारले अघि बढाउने बताए ।
गत १२ जेठमा सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश जारी गरेको छ
न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् इजलासले
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन र आवश्यकता अनुसार निजगढको विकल्पमा खोज्न परमादेश दिएको थियो । तर, प्रधानमन्त्री प्रचण्डले निजगढ विमानस्थल बनाउने बताएका हुन् ।