
काठमाडौं । लोकगायक राजेन्द्र लम्साल को पार्थिव शरीर नेपाल ल्याइएको छ । शुक्रबार स्पेनबाट नेपाल ल्याइएको दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर ले बताइन् । शवलाई बुझ्न मगरसहितका कला कार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा पुगेका थिए ।
शवलाई विमानस्थलबाट शवयात्रा गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगिने भएको छ । शवदाह गृह परिसरमै शोकसभासहित श्रद्धाञ्जली दिने कार्य क्रम हुनेछ ।प्रतिष्ठानले वक्तव्य जारी गर्दै लम्सालप्रति श्रद्धा ञ्जली व्यक्त गर्नका ला गि उपस्थित हुन कलाकर्मीलाई आग्रह गरे को छ ।
लम्साल लामो समयदेखी पिसाबसम्बन्धी रोगबाट पी डित थिए । उनी कलाकार तथा मोडल सागर लम्साल बलेका बुवा समेत रहेका लम्साल लोक गायन क्षेत्रका पाका गायक हुन् । उनले गाएका दर्जनौं गीत लोकप्रिय छन् ।
‘जापान टोकियो’, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिर फिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मस्र्याङ्दीको पुल’, ’आमा तिम्रो दूधको भारा’, ‘राइना सकोटको भीर’, ‘निलो पछ्यौरी’ लगायत गीत उनका लोकप्रिय छन् ।