रबि लामिछानेलाई राहदानीमा सफाई, कुनै गल्ति नदेखिएको निस्कर्ष

काठमाडौँ – गृहमन्त्री बनेपछि नै अनुस न्धान गर्न आना कानी गरेको प्रहरीले रवि लामिछाने विरुद्धको जाहेरीमा अभियोग पुष्टि हुने आधार नदेखिएको भन्दै अनुस न्धान प्रतिवेदन सरकारी वकीलको कार्या लय, काठमाडौंमा बु झाएको छ।

अमेरिकाबाट फर्किएपछि पुरानै नम्बरको दोस्रो राहदानी लिएको र त्यसको प्रयोग नभएकाले मुद्दा चलाउन नस किने प्रहरीको अनुसन्धान प्रतिवेदनमा रहेको सरकारी व कीलको कार्यालय स्रोतले बतायो। यसका साथै लामि छाने नेपाली नागरिकका रूपमा अमेरिका गएको र

नागरिकता पुनःप्राप्ति मात्र नगरेकाले विदे शी सरह व्यवहार गर्न नमिल्ने पनि प्रहरी अनुसन्धानमा उल्लेख छ। राहदानी दुरुप योग गरेको समेत नदेखिएकाले प्रह रीले मु द्दा चलाउन नसकिने राय सहितको अनुस न्धान प्रतिवेदन बुझाएको हो। सरकारी व कीलको कार्यालय ले भने मुद्दा चलाउन स किने/नसकिने टुङ्गो लगाएको छैन।

“आइतबारसम्म निर्णयमा पुग्छौं,” सरकारी वकील का र्यालयका ती अधिकारीले भने। मुद्दा नचलाउने निर्णयमा सहमत भएमा कानूनतः फाइल उच्च सरकारी वकील को कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्या लयमा पुग्छ। महान्यायाधिवक्ता कार्यालय ले अन्तिम निर्णय गर्नेछ।

प्रहरीले फागुन ३० गते अनुसन्धान प्रति वेदन बुझाएको थियो। गत माघ १३ गते सर्वोच्च अदालतले लामिछाने को नागरिक ता अवैध ठहर्‍याएपछि उनले उपप्रधानम न्त्री एवं गृहमन्त्री, सांसद र पार्टी सभापति पद एकसाथ गुमाएका थिए। नेपाली नाग रिकता त्यागेर अमेरिकी नागरिक

बनेका लामिछानेले विदेशी नागरिकता त्या गेपछि नेपा ली नागरिकता पुनः कायम गरा उने कानूनी प्रक्रिया पूरा गरेका थिएनन्। जसका कारण सर्वोच्चले उनको नागरि क ता अवैध ठहर्‍याएको थियो। सर्वोच्चको फैसलापछि लामिछानेले नेपाली नागरिक ता पुनः प्राप्त गरेका छन्।

त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि बनेका छन् । गत मंसीरमा गृह मन्त्रा लय हुँदै अनुसन्धानका लागि जाहेरी प्रहरी कार्यालय पुगेको थियो । तर , अनु सन्धान हुँदाहुँदै लामिछाने स्वार्थ बाझिने गरी गृह मन्त्री बनेपछि प्रहरीले अनुसन्धान रोकेको थियो ।

सर्वोच्चको फैसलासँगै पदबाट बाहिरिए पछि प्रहरी अनु सन्धान फेरि अगाडि बढे को थियो। तर, लामिछानेको बदनियत नदेखिएको प्रहरी निष्कर्ष छ। यद्यपि राह दानी ऐनले झूटो विवरण दिई राहदानी लि न नहुने भनेको छ। लामिछानले निष्क्रिय नागरिकतालाई नै सक्रिय सरह प्रयोग गरेर नयाँ राहदानी लिएका थिए।