
आरती नाम भएकी एउटी युवतीको बिहे भयो । बिहेपछि आरती आफ्नो पति अनि सासू–ससुराका साथमा पतिघरमा बस्न थालिन् । केही दिनमै उनलाई महसुस भयो उनकी सासूसँग उनको सम्बन्ध सहज हुनेवाला छैन । सासूका साथमा बसेर बाँकी जीवन बाँच्न उनलाई असह्य कष्टकर हुने देखियो । सासू पुरानो विचारकी,बुहारी आधुनिक सोचाइकी । कुरा कसरी मिल्नु र रु दिनहुँ भनाभन हुन थालिहाल्यो ।दिन बिते,महिना बिते र वर्ष पनि बित्यो । न त सासूले बुहारीका विषयमा तीता टीकाटिप्पणी गर्न छाडिन् न त बुहारीले मुख फर्काउन । समस्या झन्भन्दा झन् खराब हुँदै गयो । आरती आफ्नी सासूलाई एकदम घृणा गर्न थालिन् । जब समाजका अन्य मानिसका अगाडि उनले सासूप्रति आदरभाव र शिष्टता प्रकट गर्नुपर्ने अवस्था आइलाग्थ्यो, उनलाई असह्य हुन्थ्यो । उनी सासूबाट छुटकारा पाउने उपायका बारेमा सोच्न लागिन् । तर हाम्रो समाज यही हो, भनेजति सजिलै सासूबाट मुक्ति मिल्दैन । त्यसमाथि लोग्नेले त्यस समस्यालाई वास्तै गरिदिएन भने नारी एक्लैले विद्रोह गरे पनि केही हुनेवाला छैन ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻