
धोकेबाज हौ तिमी’ गीतको फिमेल भर्सन यतिबेला सबैभन्दा बढी भाइरल हुनेमध्ये पर्छ । टिकटकदेखि फेसबुक र इन्स्टा ग्रामको रिल्स सम्म यो गीत व्यापक सेयर भइरहेको छ ।
नेपाली मात्र होइन, विदेशीले समेत यो गीतको कन्सर्टका दृश्यलाई सेयर गरिरहेका छन् । यो गीतलाई लिएर गायिका एलिना चौहान समेत चर्चामा छिन् । पछिल्लो समय जिल्ला-जिल्ला मा भइरहेका मेला-महोत्सवमा समेत यो गीत चर्चामा छ ।
कतिपयले एलिनालाई ‘धोकेबाज हौ’ गायिकाको रुपमा समेत चित्रण गर्न थालेका छन् । राजनीतिक सन्दर्भमा समेत गीतलाई लिएर ट्रोल बनिरहेको छ ।
करिब दुई वर्षअघि नै शिव परियारको आवाज मा रिलिज भएको मेल भर्सनभन्दा पछि एलिना को स्वरमा आएको फिमेल भर्सन चर्चामा आए को छ ।
तर यो गीतले शिवलाई समेत पुनः चर्चामा तानेको छ । शिवले ‘टाइटलमा नजानुस् है कृपया अन्तर्वार्ता राम्रो छ’ भन्दै एक टेलिभिजन अन्तर्वार्तालाई सेयर गरेका छन् जसको टाइटल छ- ‘धोकेबाज गीत मैले गाएको हो । धोकेबाज ले मलाई फेरि चर्चामा ल्यायो ।’
शिवको उक्त टेलिभिजन अन्तर्वार्ता हेर्दा लाग्छ, ‘धोकेबाज हौ तिमी’ गीतलाई लिएर शिव र एलिनाबीच अप्रत्यक्ष रुपमा जस लिने होड चलेको देखिन्छ ।
शिवले खुलेर नभनेपनि उनले अन्तर्वार्तामा आफूले गाएको उक्त गीतको मेल भर्सनले अहिले पनि चर्चा बटुलेको बताएका छन् ।
साथै, एलिनाले गाएको गीत हिट हुनुमा कन्सर्टमा देखिएको दृश्य र एक्सप्रेसन प्रमुख रहेको अर्थ्याउन खोजेका छन् । साथै उनले टाइमलाइनमा भिडियो पनि सेयर गरेका छन् ।
शिवको स्वर रहेको उक्त गीतको मेल भर्सनलाई युट्युबमा ८३ लाख पटक हेरिएको छ भने एलिनाको गीतलाई २ करोड ३९ लाख पटक हेरिएको छ ।