
कलाकार जोडी पल शाह र पूजा शर्माको सम्बन्धबारे धेरै बताइरहनु आवश्यक नहोला । पल जेल जाँदा यदि कुनै चलचित्रकर्मीले खुलेर उनको पक्षमा वकालत गरेको थियो भने उनी पूजा शर्मा नै थिइन् ।
पलको बचाउमा के मात्रै गरिनन् पूजाले । आफ्नो होम प्रोडक्सन फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरअघि पलविरुद्ध बला त्कारको जाहेरी परेको थियो ।
सो चलचित्रमा पूजाको जोडी बनेर खेलेका पल प्रहरीको खोजीमा परेपछि प्रिमियरमा अनुप स्थित रहे ।सो कार्यक्रममा पल नआउँदा पूजा विक्षिप्त देखिएकी थिइन् ।
उनी क्यामराअगाडि नै धरधरी रोइन् । उनीमाथि चलचित्र हिट बनाउन आँशुको हत्कण्डा प्रयोग गरेको आरोप पनि लाग्यो ।तर, यस्ता आरो पले पूजालाई फरक परेन ।
उनी निरन्तर पलका पक्षमा बोलिरहिन् । सामाजिक सञ्जालमा लेखिरहिन् । पलको तस्बिर अंकित टिसर्ट लगाएर पनि हिँडिन् । ‘लुगा नच्यातिकन बलात्कार हुन्छ र ’ भन्नेजस्ता हचुवा अभिव्य क्तिहरु पनि दिइन् ।
उनले बारम्बार भनिरहिन्, ‘पलबिना म अधुरो छु ।’धरधरी रुँदै पुजाले भनिन्( हामीमाथि बज्रपात पर्योपल छुट्ने केही दिनअघि मात्रै उनको जन्म दिन मनाउन पूजा केक बोकेर तनहुँ कारागार पुगेकी थिइन् ।
कारागारभित्रै केक काटेर पलको जन्मदिन मनाइएको थियो । त्यस को केही दिनमा नै पल अदालतको फैसलाबाट रिहा भए ।पल छुटे पछि धेरैले अनुमान गरेका थिए कि उनलाई स्वागत गर्न पूजा फेरि तनहुँ कारागार पुग्नेछिन् ।
अदालतको फैसाला आएपछि पूजाले सामा जिक सञ्जालमा सानो स्टाटस लेखेर खुशी व्यक्त गरेकी थिइन् । तर, उनी पललाई स्वागत गर्न भने गइनन् ।
काठमाडौंको त्रिभुवन विमानस्थलमा पलको स्वागतमा समर्थकहरु को ठूलो भीड जम्मा भएको थियो । तर, पूजा त्यो भीडमा पनि देखि इनन् ।