हातमा डायरी, निलो रंगको कोट, पाइन्ट र टाईमा चिटिक्क परेका यस्ता युवायुवतीबाट तपाई पनि ठगीनुहोला है

काठमाडौँ – झापाको बिर्तामोडमा पछिल्लो केहि महि ना यता एकै पहिरनमा युवा युवतीहरुको ठूलो हुल आ वातजावत गरिरहेको देख्न पाइन्छ । कोट पाइन्टमा स जिएका विद्यार्थी उमेर समूहका उनीहरु हरेक दिन विहा न र साँझतिर सडकभरी असरल्ल देखिन्छन् ।

प्रायः भद्रपुर रोड, पश्चिम लाइनमा देखिने उनीहरु बिर्ता मोडमा विभिन्न शाखा सडक हुँदै बाहिर निस्किरहेका हुन्छन् । कोही फर्किरहेको अवस्थामा भेटिन्छन् ।हातमा सानो डायरी, निलो रंगको कोट, पाइन्ट र टाईमा चिटि क्क परेर सडक किनारमा सधैं हिडिरहने युवाहरु आखि र को हुन् भन्ने आम चासो बढ्दै गइरहेको छ ।

बिर्तामोडको विधुत प्राधिकरण आसपास र भगवान चो  कमा उनीहरुको भेला धेरै देखिन्छ ।आम चासो बढ्दै गएपछि उनीहरु को हुन्, के का लागि बिर्तामोडमा उनी हरुको चहलपहल भइरहेको छ भन्ने बारे बुझ्दा बिर्तामो डमा देखिने ति अधिकांश युवाहरु कोशी प्र्रदेशका विभि न्न जिल्लाका युवाहरु भएको बुझिएको छ ।

ताप्लेजुङदेखि पश्चिम नेपालका युवायुवतीहरु त्यो हुल मा भेटिएका छन् । धेरै जसो पहाडी भेगबाट आएका छन् ।खोजी गर्दै जाँदा उनीहरु ग्लोवल ओरियन्स नाम को कम्पनीमा आवद्ध भएको पाइएको छ । एक बेला भारतमा सोही नामको कम्पनीमा हजारौं नेपाली युवा युवती आवद्ध थिए ।

पूर्व नेपालका युवायुवतीहरु भारतको पश्चिम बंगाल स्थित सिलिगुडीमा रहेको ओरियन्समा आवद्ध हुन्थे । भारतमा आवद्ध हुँदा हजारौ नेपालीहरु ओरियन्सबाट ठगिएको, बन्धक बनाइएको कयौं घटनाहरु सञ्चारमा ध्यमले सार्वजनिक गरिसकेका छन् । एउटै प्रकृतिको ओरियन्स अहिले बिर्तामोडसहित देशभर कार्यलय स्था पना गरेर युवायुवतीहरुलाई आवद्ध गराइरहेको छ ।

बिर्तामोडमा देखिएको कार्यलय अहिले दुई वटा छन् । जहाँ सयौंको आवद्धता रहेको छ । भित्रभित्र कति का र्यलय छन् भन्ने बारे सार्वजनिक भएको छैन ।सोही क म्पनीको टिकापुरस्थित कार्यालयले युवायुवतीहरुबाट करोडौं रुपैयाँ असुली गरेको भन्दै प्रहरीले त्यहाँबाट के हि व्यक्तिहरुलाई पक्राउ नै गरिसकेको छ ।

राम्रो कमाई हुने आश्वासन दिएर युवायुवतीसँग लाखौं रुपैयाँ असुली गर्दै आइरहेको ओरियन्सले झापामा पनि दैनिक सयौं युवायुवतीहरुलाई तालिमका नाममा आ फ्नो कम्पनीमा आवद्ध गराई व्यापार गरिरहेको छ । देशका विभिन्न स्थानमा ओरियन्सबाट ठगिएको उजुरी परेपछि स्थानीय प्रशासन र प्रहरी कार्यालयबाट कारवा ही समेत भइरहेको छ ।

वि.सं २०७७ असारमा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा कार्यालय रहने गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा वस्तुको प्रत्यक्ष बिक्री गर्ने उद्देश्य राखी खुलेको ग्लोबल ओरियन्स नेपाल प्रा.लि. नामको कम्पनीले झापासहित देशभर आफ्नो २५ वटा विक्री केन्द्र स्थापना गरी काम गरिरहेको कम्पनीको आ धिकारिक वेभ साइटमा उल्लेख गरेको छ ।

इजाजतमा वस्तुको प्रत्यक्ष बिक्री गर्ने भनिए पनि व्यव हारमा भने नेटवर्किङ शैलीमा एक व्यक्तिले अरू धेरै व्यक्तिलाई त्यसमा जोडेर पैसा असुली कमाऊ धन्दा चलाइरहेको बुझिएको छ । कम्पनीमा पहिलो श्रेणीका व्यक्तिले १५ हजार, दोस्रो श्रेणीका व्यक्तिले ४० हजार र तेस्रो श्रेणीका व्यक्तिले एक लाख बिस हजारसम्म बुझा उनुपर्ने छ ।

कम्पनीले धेरै कमाई हुने आश्वासन बाँढेपछि अधिकां शले ऋणपान गरेर पैसा बुझाउने गरेका छन् । ग्लोबल ओरियन्समा पैसा बुझाइसकेपछि फोन, फेसबुकबाट मानिस बोलाएर आफूले धेरै तलब पाएको, राम्रो कमाई हुने भन्दै ग्लोबलसँग भेट गराई दिए बापत मासिक तल ब पाइने लोभमा युवाहरू फसिरहेका छन् ।

बिर्तामोडको भगवान चोकमा ओरियन्स कै कार्यलय बा हिर अलग्गै बोर्ड राखिएको छ । कार्यालयभित्र ओरिय न्सका कागजात भित्तामा झुण्ड्याइए पनि बाहिर बोर्डमा भिजन मल्टिपल पर्पोज कम्पनी लेखिएको छ । भिजन का केहि कागजात पनि भित्तामा भेटियो ।

अनुसंथान्को लागि कार्यालयमा पुगेपछि तालिममा सह भागी सयौं युवायुवतीहरुलाई तत्कालै विदा गरिएको थियो । सोही क्रममा भेटिएकी राधिका थापा १९ महि नादेखि आवद्ध भई काम गरिरहेको पाइयो । उनले सो कार्यलयको कोअर्डिनेटरको रुपमा कार्यरत रहेको जान कारी दिइन् ।

इलाम घर बताउने थापा १३ हजार रुपैयाँ तिरेर आवद्ध भएकी थिइन् । उनले आफु आवद्ध भएपछि कम्पनीको नियम अनुसार थप तीन जनालाई पनि ओरियन्सँग जो  डेकी थिइन् । उनले जोडेका तीन जनाले पनि थप तीन–तीन जना जोड्दै जानुपर्ने बताइन् । त्यस वापत उनीहरु ले १३ हजार बराबरको फुड सप्लिमेन्ट र कस्मेटिकका सामान पाए ।

ओरियन्सले आफ्नो व्यापार गर्यो, उनीहरुले आफुले ति रेको पैसा बराबरको सामान पाए । युवायुवतीहरुले चैं कसरी कमाउछन् भन्ने जिज्ञासामा उनले भनिन्, – ‘ओरियन्सबाट लिएका सामान विक्री वापत कमिसन पाइन्छ । कोहि पनि जागिरे हुदैन ।आफै मेहनत गरेर कमाउने हो ।’ अर्थात ओरियन्सले आफ्नो व्यापार गर्ने हो ।

ओरियन्सबाट पाइने सामानहरुलाई आवद्ध युवायुवती हरुले औषधि भन्दै विरामीलाई समेत दिने गरेको पाइ एको छ । थापाले विरामीहरु समेतलाई नै उक्त सामान दिने गरेको स्वीकार गरिन् । तर, कसैलाई पनि औषधि भनेर दिन उनीहरुलाई अधिकार छैन ।

उक्त कार्यालयमा भेटिएका प्रशिक्षक एवम् ओरियन्सका सामग्री वितरक नाम्विन लिम्बू ‘सरोज’ ले ओरियन्समा आवद्ध हुन कसैसँग पैसा नलिएको बताए । तालिमका लागि पाँच सय मात्रै लिइरहेको उनको दावी थियो । स गैं कोअर्डिनेटर थापाले आफुले सबैभन्दा कम १३ हजार रुपैयाँ तिरेको बताइन् ।

१३ हजार, ४० हजार र १ लाख २० हजारसम्म युवायु वतीहरुले बुझाउने गरेका छन् ।प्रशिक्षक लिम्बुले ओरि न्स पिरामिड शैलीको व्यापार नभएको जिकिर गरे । त र, ओरियन्समा आवद्ध युवायुवतीहरुले अनिवार्य रुपमा अरुलाई जोड्दै जानुपर्ने बाध्यत्मक नियमले पिरामिड शैली (नेटवकिङ) को व्यापार पुष्टि गरेको छ ।

रोजगारीको लागि भौतारिरहेका अधिकांश युवायुवती सम्म ओरियन्सले आफ्ना कर्मचारी, आवद्ध सदस्यहरु मार्फत खोजीखोजी जोड्ने गरेको पाइएको छ । ओरिय न्सका नाममा गत वर्ष पोखराका सयौं युवायुवतीबाट लाखौं रुपैयाँ उठाएर सञ्चालकहरु फरार समेत भएका थिए ।