अर्का ब्यबसायीले लेखे मार्मिक स्टाटस

काठमाडौँ – ‘बैंक पनि, साथी पनि’ स्लोगान सहित बैं किङ सुविधा दिदै आइरहेको एनआइसी एसिया बैंकले आफ्ना ग्राहकहरुका घरको गेट अगाडि गार्ड राख्न थाले को छ । यो साथीको अनुभुतीले पक्कै हैन । ऋण तिर्न नसकेको भन्दै बैंकले यस्तो गर्न थालेको हो ।

यस्तो प्रकारको घटना इटहरीका एक कलाकारको घर मा घटेको छ । वरिष्ठ कलाकार बिक्रम श्रीको घरमा बैं कले सेक्युरिटी गार्ड राखेको हो । जुन कुराको जानका री श्री आफैले फेसबुक मार्फत गराएका हुन् । केही व्य क्तिहरुले विक्रमश्रि लाई घरमै ताला लगाएर न’ जरबन्द गरि प्रहरीले ड्युटी गरिरहेको भन्ने भ्रामक खवर बजार मा फैलाएपछि उनले जानकारी स्वरुप फेसबुकमा उक्त पोस्ट गरेका हुन् ।

उनले लेखेका छन् ‘मेरो घर अगाडि उभिएको ड्युटी जवान “नेपाल प्रहरी” नभएर NIC Asia बैंकको सेक्युरिटी गार्ड रहेको जानकारी गराउदछु । केही व्यक्तिहरुले “विक्रमश्रि लाई घरमै ताला लगाएर न’ जरबन्द गरि प्रहरीले ड्युटी गरिरहेको” भन्ने भ्रामक खवर बजारमा फैलाएको थाहा भयो, फैलाउने र बैंक लाई उक्साउने ब्यक्तिको पहिचान भइसकेको पनि जा नकारी गराउदछु ।

समयमा किस्ता बुझाउन नसक्दा कठोर नियमवाला बैंकले आफ्नो तरिकाले काम गर्यो ।’ इटहरी म्याट्री क्सका संस्थापक समेत रहेका श्री कुशल र ख्याति प्राप्त मुर्तिकार हुन् । समयमै बैंकको किस्ता तिर्न खोज्दा खोज्दै पनि काम गरेको पैसा नउठ्दा यस्तो अवस्था आइपरेको उनले लेखेका छन् ।

श्रीले ‘गार्डको राम्रो हेर देख गरिदिएको छौं । समयमा किस्ता बुझाउन प्रयासरत छौ । भ्रष्ट कर्मचारी र दलाल ठेकेदारहरुका कारण काम लिन र सम्पन्न गर्न सहजता नहुनु र देशमै आएको आर्थिक मन्दीजस्ता कारणले गर्दा हामी जस्ता स्वावलम्वी सिर्जनशील सर्जकहरुले सजि लो गरि बैंकलाई किस्ता बुझाउन सकि रहेका छैनौं ।’ भनेर लेखेका छन् ।

बैंकले ऋणीमैत्री व्यबहार नगरेको भन्दै दुखेसो पोखेका छन् भने आवस्यकता भन्दा बढी फोन गर्ने, भेट्न हतारो गराउने, एकै दिन एकै पटक सात दिने, ३५ दिने र घर लिलाम गर्ने पत्रीकामा छाप्ने तीन पुस्ते तयारीको सूच नाको पत्र सहित घर अगाडि मुल ढोकामा एक्कासि गार्ड राख्दा अनेकौं प्रश्न उब्जिएको उनले लेखेका छन् ।

कलाकार श्रीले आफू संग सम्बन्ध नराम्रो रहेको आफ न्तलाई बैंकले प्रयोग गर्दै यस्तो कार्य गरेको आरोप स मेत लगाएका छन् भने आफुलाई कालो सुचीमा राख्न सुझाव दिने आफन्त र कर्मचारीको बारेमा पनि जान कारी भैसकेको र बाहिर ल्याउने खुलाएका छन् ।

सहानुभूति भन्दा हत्तोत्साहित बनाउने वातावरण सिर्ज ना गर्दै धेरै जना कर्मचारीबाट एकै दिन धेरै कल आउनु, घर या कार्यक्षेत्रमा नै भेट गरि ताकेता गर्नु, भेट भएको रिपोर्ट भनी तस्वीर खिचेर लानु, प्रतिष्ठाको ख्याल नगरि नु, ऋणीको वाध्यता र परिस्थिति प्रत्यक्ष देखेर अनुभव गरेर पनि

बारम्बार यस्तो दोहोरिनु आफुसंगै अन्य ऋणिहरुलाई समेत दुखित बनाएको लेख्दै अन्त्यमा ‘यस्तो विषम परिस्थितिमा ब्याज मात्र लिइ दिएर सहयोग गरे ऋण दाता प्रति धेरै सद्भाव बढ्ने थियो ।’ भन्दै बैंकलाई सु झाव दिएका छन् ।