
काठमाडौं : टिकटकबाट चर्चामा आएकी पबित्रा साकी अर्थात् मिस पबीले अभिनेता पल शाहसँग म्युजिक भि डियोमा जोडी बाँधेकी छिन् । पल शाह जेलमा रहेको बे ला विभिन्न मिडियामा अन्तर्वार्ता दिनेक्रममा पल शाह सँग म्युजिक भिडियो खेल्ने
आफ्नो ठूलो सपना रहेको बताउँदै आएकी थिइन् ।अन्त तः मिस पबीको पलसँग एउटै स्क्रिनमा देखिने अर्थात् संगै जोडी भएर भिडियोमा अभिनय गर्न सपना पूरा भ एको छ। उनले ‘थाहै भएन’ बोलको म्युजिक भिडियोमा पल र मिस पबीको आकर्षक जोडी दर्शकले देख्न पाउ नेछन्।
उक्त गीतमा लोकप्रिय गायक हिमाल सागरको आवाज रहेको बताइएको छ। त्यसो त, पल र मिस पबीको जो डी तस्वीर हिमालले नै फेसबुकमा सार्वजनिक गरेका हुन्। छायांकन स्थलमा खिचिएका केही तस्वीरहरु आ फ्नो फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै ‘थाहै भए न’
बोलको आफ्नो गीतमा पल र मिस पबीको जोडी रहने कुरा हिमालले औपचारिक जानकारी दिएका हुन् ।पल र मिस पबीको तस्वीरमा हजारौं लाइक र कमेन्ट आए का छन् । जहाँ मिस पबी र पलका शुभचिन्तकले यस् दुई कलाकारलाई एकैफ्रेममा देख्न पाउने भएपछि खुशी व्यक्त गरेका छन्।
त्यसो त मिस पबी र पलले पनि एकअर्का सँगै रहेको तस्वीर फेसबुकमा सार्वजनिक गरेका छन्।‘पल शाह सँग भिडियो खेल्ने ठूलो सपना पूरा भएकोमा बधाई छ मिस पबी’, भन्दै मिस पबीका हजारौं फ्यानहरुले फेस बुकमा कमेन्ट समेत गरेका छन् ।धेरैले यो भिडियोको प्रतीक्षा गरिरहेको बताएका छन् ।
पल र मिस पबीले जोडी बाँधेको भिडियो छिट्टै रिलिज हुन लागेको बताइएको छ। आफुलाई सबैभन्दा बढी मनपर्ने नायक एवम् मोडलसँग मिस पबीले पहिलो पटक म्युजिक भिडियोमा काम गरेकी हुन्। पलसँग काम गरेको भिडियो रिलिज भयो भने मिस पबीलाई झन् अन्य धेरै म्युजिक भिडियोको अफर आउने लगभग निश्चित नै छ।
यो पनि – वैशाख १ गते रिलिज भएको ‘ए मेरो हजुर ४’देखि चैत्र २४ गते अर्थात आजबाट रिलिज भएको फिल्म ‘बहाव’ सम्म आइपुग्दा, यो बर्ष ४६ वटा नेपाली फिल्म रिलिज भएका छन् । बर्षको पहिलो दिन सुखद सुरुवात गरेको नेपाली फिल्मले यसको अन्त्य भने औ षत रुपमा गरेको छ ।
तर, यो बिचमा नेपाली फिल्म क्षेत्रमा ऐतिहासिक व्या पारिक रेकर्ड समेत भएका छन् । यो बर्ष फिल्मको व्या पारिक दर समेत बढेको छ । तर, यसो भन्दै गर्दा यो बर्ष नेपाली फिल्मका लागि उत्तम हो भन्न मिल्दैन । नचलेका फिल्मले निर्माताको गोजीमा एक रुपैयाँ पनि फिर्ता गर्न नसक्दाको पीडा विर्सन हुँदैन ।
यो बर्ष प्रतिक्षा गरिएका ‘तिम्रो मेरो साथ, डिसेम्बर फल्स, छड्के २’ जस्ता फिल्मको दयनीय व्यापारले लगानी गर्नेहरुले सय पटक सोच्नुपर्ने अवस्था भने आएको छ । यो बर्षको पहिलो दिनमा रिलिज भएको फिल्म ‘ए मेरो हजुर ४’को व्यापारलाई सुखद मान्न सकिन्छ ।
साउथको सबैभन्दा हाइप भएको फिल्म ‘केजीएफ २’ सँग प्रतिस्पर्धा गरेका कारण पनि यो फिल्मले अपेक्षा गरे अनुसारको व्यापार गर्न सकेन । तर, स्टारभ्यालु र ब्रान्डका कारण फिल्मले विदेशी फिल्मसँग घुँडा भने टेकेन । यो बर्ष फिल्म ‘कबड्डी ४’ले फिल्म क्षेत्रमा नयाँ इतिहास लेख्यो ।
‘कबड्डी ४’ले २२ करोड माथिको ग्रस कलेक्शन गर्दा बिदेशी बजारमा पनि आक्रामक कमाई गर्यो । यो बर्ष विदेशमा पनि नेपाली फिल्मको बजार अझै विस्तार गर्नमा रामबाबु गुरुङ निर्देशित फिल्मको भूमिकालाई महत्वपूर्ण मान्न सकिन्छ । ‘कबड्डी ४’ नेपाली फिल्म को इतिहासमै सर्वाधिक धेरै कमाई गर्ने फिल्म हो ।
‘छक्का पन्जा ३’को १८ करोडको ग्रस कलेक्शनलाई यसले ठूलो मार्जिनले पछि पारेको छ । यस्तै, यो बर्ष फिल्म ‘झिङ्गे दाउ’को व्यापारले पनि सबैलाई चकित बनाइदियो । सुदर्शन थापाको निर्देशनमा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन जस्ता कलाकारको अभि नय रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’लाई धेरै पछि पार्दै यो फिल्म अगाडि गयो ।
ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको कथावस्तु, प्रस्तुति लाई दर्शकले मन पराए । फिल्म ‘प्रेमगीत ३’ले भार तीय बजारमा आफ्नो उपस्थिती जनायो । निर्माता तथा निर्देशक सन्तोष सेनले लामो मिहिनेतपछि हिन्दी भाषा मा फिल्म डब गरेर भारतीय हलमा नेपाली फिल्मलाई पुर्याए ।
भलै, फिल्मले भारतीय बजारमा कुनै सुखद कमाई गरेन । तर, सन्तोष सेन र उनको टिमले नयाँ संभाव नाको ढोका भने खोलिदिएको छ । नेपालमा पनि यो फिल्मले कमजोर समीक्षाका बाबजुत राम्रो कमाई गर्यो । दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ले पनि यो बर्ष सरप्राइज व्यापार गर्यो ।
किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्मलाई दर्शकले मन पराए । जसकाकारण, फिल्मबाट निर्मा ताले राम्रो मुनाफा कमाए । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’को व्यापार पनि सुखद रह्यो । फिल्मले नेपाली बजारबाट लगानी सुरक्षित गर्न सक्यो ।
यो बर्ष फिल्म ‘महापुरुष’ले सर्वाधिक व्यापारको तेश्रो रेकर्ड राख्यो । यो बर्ष चलेका फिल्ममध्ये प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’ तेश्रो धेरै कमाउने फिल्म हो । फिल्म ‘फूलबारी’ले नेपाली बजारबाट लगानी उठाउन नसकेपनि यसको व्यापार औषत हो । रामबाबु गुरुङ नि र्देशित फिल्म केही हलमा लामो समयसम्म चल्यो ।
फिल्मको समीक्षा सुखद आएको थियो । फिल्मको व्यापारबाट निराश हुने अवस्था भने छैन । यो बर्षको सर्वाधिक धेरै कमाई गर्ने दोश्रो फिल्म ‘छक्का पन्जा ४’ हो । हेमराज वीसीको निर्देशनमा तयार भएको फिल्म को व्यापार १० करोड भन्दा माथि पुगिसकेको छ । फि ल्मले ‘कबड्डी ४’को रेकर्ड तोड्ने संभावना कम भएपनि व्यापारमा भने सबैलाई खुशी बनायो ।
यसरी, यो बर्ष अल टाइम ब्लकबस्टर, ब्लकबस्टर, सुपरहिटदेखि हिट फिल्मको सूची देखिएको छ । यो नेपाली फिल्मका लागि सुखद मान्नुपर्छ । अर्को बर्ष पनि संभावना बोकेका र दर्शकले पत्याएका मेकरदेखि कलाकारका केही फिल्म रिलिज हुँदैछन् ।यसले, आउँ दो बर्ष पनि नेपाली फिल्मका लागि सुखद बन्ने आँकल न गर्न सकिन्छ ।