दुई करोड मागेको अडिओ बाहिर ल्याएपछि रविले दिए दुर्गा प्रसाईँलाई धन्यवाद !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभाप ति रवि लामिछानेले पैसा मागेको प्रमाणित गर्न चुनौती दिएका छन् । सोमबार चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले आफूले कसैसँग घुस लिएको वा पैसा मागेको प्रमाणित गर्न चुनौती दिएका हुन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले रविले सिधा कुरा चलाउँदा आफूसँग २५ लाख मागेको बताएका थिए । उनले पत्रकार ऋषि धमलासँग अन्तरवार्ता दिँदै रविले मन्त्री बनाउँदा ८ करोड खाएको र सिधा कुरा चलाउँदा मसँग २५ लाख मागे दाबी गरेका थिए ।

उक्त दाबीको जवाफ फर्काउँदै लामिछानेले प्रमाणित गर्न चुनौती दिएका हुन् । ‘मैले अहिलेसम्म कसैको एक सु क्का खाएको छैन । कसैको एक सुक्काको लोभ छैन, मलाई २४ करोडमा किन्न सकिन्छ भन्ने सपना नदेखे हुन्छ,’ सभापति लामिछानेले अगाडि भने, ‘तर मेरो गु नासो केही छैन उहाँप्रति धन्यवाद छ ।

आभार छ, जसले मेरा ती कुराहरू बाहिर ल्याइदिनुभयो । प्रमाणित भएको खण्डमा उहाँलाई फूलामाला लिएर धन्यवाद दिनेछु ।’उनले बेइमानी गर्नेलाई नङ्ग्याउने ब ताए । ‘कुनै बेइमानले मेरो नाम दिएर पैसा असुली गर्‍ यो भने मैले त्यसको सजाए भोग्नु पर्दैन,’

उनले भने, ‘त्यो बेइमानलाई नङ्ग्याउन मलाई आउँछ । हामी पुराना भ्रष्टाचारका फाइल खोल्नुपर्छ भन्ने दलका मान्छे हुँ । तर चुनाव हराउने षडयन्त्र भए सहन सकिँ दैन ।’रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठले स्वास्थ्य मन्त्री बन्नका लागि रवि लामिछानेको कोर टीमका सद स्यलाई पैसा बुझाउन भन्दै दुर्गा प्रसाईँसँग २ करोड मा  गेको

अडियो आइतबार सार्वजनिक भएको थियो । सो अडि ओमा श्रेष्ठले मन्त्री बन्न रविका मान्छेलाई २ करोड बु झाउनु पर्ने बताएका थिए । त्यसको साँझ दुर्गा प्रसाईँले रविले नै मन्त्री बनाउँदा ८ करोड खाएको र सिधा कुरा चलाउँदा आफूसँग २५ लाख मागेको दाबी गरेका थिए ।

यतो पनि – राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बन्दै गर्दा डा. ढाकाकुमार श्रेष्ठबारे गाइँगुइँ चल्यो, ‘यी मान्छे अहि ले सांसद भएपनि पनि निलम्बित हुन्छन् ।’ कारण उन  को विगत थियो ।औषधी पसलको अनुमति लिएर मेडि कल सञ्चालन देखि सहकारीको रकम हिनामिनासम्म ।

गाउँमा खानेपानी आयोजनाका नाममा रकम उठाएर हिनामिना गरेको आरोप उनलाई थियो । मिडियाहरूले त्यसबारे खासै वास्ता गरेनन् । पछि उनकै सहकारीले बचतकर्तालाई रकम फिर्ता नदिएपछि ढाकाको ढकनी खुल्यो ।समानुपातिक बन्द सूचीमा पर्ने बेलासम्म उन को सामाजिक र सार्वजनिक परिचय थिएन ।

धेरै कमले मात्रै उनलाई चिनेका हुन् । रास्वपाको गण्डकी प्रदेश सभापति हुनुअघि उनको परिचय मेडिकल क्षेत्रमा मात्रै सीमित थियो । त्यसअघि नै उनले साथी किसान सहकारीको अध्यक्ष भएर रकम हिनामिना गरेका रहेछन् । उनलाई चिन्न अझै अगाडी जानुपर्ने भयो ।

२०७४ साउन १० गते सिडिओ सहितको नेतृत्वमा पृथ्वीचोकको शुभ बिहानी पोलिक्लिनिकमा छापा हान्यो । उक्त पोलिक्लिनिक अवैध थियो र डा. ढाकाले नै चलाएका थिए । औषधी पसलको अनुमति लिएर उनले गैरकानूनी रूपमा १५ शैय्याको अस्पताल चला एका थिए ।

उनले असुरक्षित ग’ र्भप’ तन गराएर रकम असुल्ने गरेको पनि तत्कालीन अनुगमन समितिले पत्ता लगा एको थियो ।उनी अध्यक्ष रहेको साथी किसान सहका  रीले बचतकर्ताको पैसा फिर्ता नदिएपछि अहिले सह कारी नै बन्द छ । अध्यक्षबाट बिदा भएपछि उनले ब रबुजारथ गरेनन् ।

बचतकर्ताको बिचल्ली छ । राजनीतिमा लागेपछि उनले कात्तिकदेखि सहकारीको नेतृत्व छोडेका थिए । सहका रीको रकम उनले नै चलाएको खुलेको छ ।त्यतिमात्रै होइन, उनले २०७४ मा कास्कीकोटमा खानेपानी वि स्तार गर्ने योजना सहित चन्दा रकम संकलनको अभि यान चलाए ।

आफ्नै जन्मथलो भएकोले त्यहाँ खानेपानीको बोरिङ खन्ने योजना उनको थियो । तर उक्त अभियानमा कति रकम जम्मा भयो, कसैलाई थाहा छैन । स्थानीयले रकम खोजी गर्दा उनी सधैँ तर्किने गरेको आरोप छ । श्रेष्ठले ‘हाम्रो परिवर्तन नेपाल’ नामक संस्था खोलेर यस्तो काम गरेका थिए ।

सोही संस्थालाई पार्टीका रूपमा दर्ता गर्ने तयारी गर्दै गर्दा रास्वपा जन्मियो र उनी साउन ७ मा गण्डकीको सभापति बने । अहिले उनी सभापति छैनन् तर रास्व पाबाट पहिलो लिष्टमा समानुपातिक सांसद बने । उनै श्रेष्ठको २ करोड माग गरेको अडियो अहिले सार्वजनिक भएको छ ।