
काठमाडौं । आध्यात्मिक नेता दलाई लामाले सोमबार बालकलाई चुम्बन गरेकोमा माफी मागेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै आफ्नो कामले बालक वा परि वारको भावनामा चोट पुगेको भए माफी मागेको बताए । दलाई लामाले
विश्वभर रहेका आफ्ना सबै समर्थकहरूसँग माफी मागे को बताएका छन् ।आधिकारिक विज्ञप्तिमा लेखिएको छ – दलाई लामाले प्रायः निर्दोष र हास्यास्पद तरिकाले मानिसमाथि ठट्टा गर्छन् । धेरै पटक सार्वजनिक स्थल र भिडियोको अगाडि पनि यस्तो हुन्छ ।
तर, उनले यो घटनामा माफी मागेका छन् । भिडियोको समय र घटना कहाँ भएको हो, यो जानकारी भने खुला इएको छैन ।दलाई लामाको भाइरल भिडियोमा एक बा लक धर्मगुरुसँग आशीर्वाद लिन आएका थिए । दलाई लामाले बच्चालाई ओठमा चुम्बन गरे।
यसपछि उनले जिब्रो बाहिर निकाले । दलाई लामाले बच्चालाई सोधे, “के तिमी यो जिब्रोलाई चुम्बन गर्न सक्छौ?”यो भिडियो सार्वजनिक भएपछि मानिसहरूले आध्यात्मिक गुरुको यो व्यवहार घृणित भएको बताए का छन् । एक प्रयोगकर्ताले लेखेका छन्– दलाई लामा को यस्तो व्यवहार देखेर म स्तब्ध छु ।
यसअघि पनि उनले सेक्सिस्ट कमेन्टका लागि माफी मागेका छन् तर बच्चालाई यस्तो भन्नु घृणित कुरा हो ।एक प्रयोगकर्ताले लेखेका छन्- कुनै पनि बच्चालाई यस्तो अवस्थामा राख्नु हुँदैन। दलाई लामा विरुद्ध यौन अपराधबाट बाल संरक्षण (पोक्सो) अन्तर्गत मुद्दा दर्ता हुनुपर्छ।
२०१५ मा बीबीसीलाई दिएको अन्तर्वार्तामा दलाई ला माले आफ्नो उत्तराधिकारी महिला हुनसक्ने तर उनी निकै आकर्षक हुनुपर्ने बताएका थिए । तर, पछि दलाई लामाले यस बयानका लागि माफी मागेका थिए । त्यति बेला पनि विज्ञप्ति जारी भएको थियो ।यसमा भनिएको थियो– दलाई लामाको मनसाय कसैलाई चोट पुर्याउने थिएन ।
उनको भनाइबाट जनतालाई गहिरो चोट लागेको छ र उनले यसका लागि माफी मागेका छन् । कहिलेकाहीँ यस्ता टिप्पणीहरू गरिन्छ, जसलाई कुनै संस्कृतिमा मजाकको रूपमा लिइन्छ, तर अर्को संस्कृतिका मानि सहरूले देखेपछि त्यस्ता घटनाहरूलाई मजाकको रूपमा लिइँदैन।
दलाई लामाले पहिलो पटक सन् १९९२ मा यस्तो टिप्पणी गरेका थिए । त्यसपछि उनले वोग म्याग जिनको फ्रान्सेली सम्पादकको अगाडि त्यही बयान दिए। यसपछि सन् २०१४ मा अमेरिकी टेलिभिजन प्रस्तोता ल्यारी किङलाई दिएको अन्तरवार्तामा, २०१५ मा बीबीसीलाई दिएको अन्तर्वार्तामा र २०१९ मा बीबी सी पत्रकार रजनी वैद्यनाथनलाई दिएको अन्तर्वार्तामा पनि दलाई लामाले त्यही कथन दोहोर्याएका थिए ।