
काठमाडौँ – खाना खाएपछि पेटभित्र त्यसबाट शरीर लाई चाहिने पौष्टिक तत्वहरू सोस्ने काम हुन्छ र बाँकी रहेका पदार्थहरू आन्द्रा हुँदै मलाशयमा पुग्छ र दिसा बनेर मलद्वारबाट बाहिर निस्कन्छ। यो कुनै नौलो कुरा होइन। अनि तपाईँले खाना खानुभयो,
तर तपाईँको पेटमा पहिले खाएर पच्न बाँकी भएको अथवा पचेर बसिसकेको खाना पनि हुन्छ, जसलाई नयाँ खानाले विस्थापित गर्छ र पुरानो खाना सानो आ न्द्रा हुँदै मलाशयतर्फ लाग्छ। कसै-कसैलाई समस्या यहिँनेर आउँछ- नयाँ खाना खाएपछि तुरुन्तै दिसा ला ग्ने, अनि पेट दुखेको जस्तो हुने।
यदि तपाईँलाई पनि त्यस्तै हुन्छ भने ‘के भएको होला ?’ भनेर पक्कै सोँच्नुहुन्छ होला। फेरि कसै-कसैलाई यहि सामान्य हुन्छ, किनकी उसको पहिल्यै देखि नै यस्तै हुन्थ्यो भने कसैलाई भर्खर-भर्खरैबाट यस्तो समस्या आउन थालेको हुन्छ र ऊ आत्तिन थाल्छ।तर यसमा आत्तिहाल्नुपर्ने जरुरी छैन।
यदि तपाईँलाई खाना खाने बित्तिकै दिसा बस्न मन लाग्छ तर पेट दुख्दैन भने त्यो सामान्य हो। तपाईँले पहिला खानुभएको खानामा तपाईँलाई चाहिने भन्दा बढि फाइबर (३० ग्रामभन्दा बढि फाइबरलाई बढि मा निन्छ) थियो भने त्यसलाई शरीरले राम्रोसँग पचाउन पाएको हुँदैन र फेरि खाना खाँदा पुरानो खानालाई वि स्थापन गर्नकै लागि तुरुन्तै दिसा लाग्ने हुन्छ।
अथवा, तपाईँको दैनिक खानामा बोसो तथा चिल्लो पदार्थ धेरै छ भने पनि यस्तो समस्या आउन सक्छ। खानामा बोसो धेरै छ वा छैन भनेर तपाईँ आफ्नो दिसा बाटै जाँच गर्न सक्नुहुन्छ। कसरी? दिसा गरेपछि आ फ्नो दिसा पानीमा तैरिएको छ वा डुबेको छ हेर्नुहोस्।
तैरिएको छ भने तपाईँले खाएको खानामा बढि बोसो थियो भनेर बुझ्नुहोस्, डुबेको छ भने धेरै बोसो थिएन भनेर बुझ्नुहोस्। तर, यदि तपाईँलाई खाना खाने बित्ति कै पेट दुख्ने साथै तुरुन्तै दिसा बस्न मन लाग्ने भएको छ भने त्यसले अन्य समस्याको सङ्केत गरिरहेको हु न्छ। जस्तै;
१. कब्जियत (CONSTIPATION)-लक्षण:- खाना खाने बित्तिकै पेट दुख्ने अनि तुरुन्तै दिसा बस्न मन ला ग्ने हुन्छ भने तपाईँलाई ‘कब्जियत’ भएको हुन सक्छ। यस्तो हुँदा तपाईँलाई दिनमा सामान्यभन्दा धेरै पटक दिसा लाग्न पनि सक्छ। साथै साह्रो र सुक्खा दिसा निस्कने अनि दिसा बाहिर निस्कन कठीन पर्ने पनि हुन सक्छ।
कारण:- तपाईँले खाने खानामा पर्याप्त फाइबर (दिनमा २५ देखि ३० ग्राम) छैन भने अथवा पर्याप्त पानी पिउनु भएको छैन भने यस्तो समस्या आउन सक्छ।त्यसलगा यत, तपाईँको दैनिक खाने बानीमा एक्कासी परिवर्तन हुँदा, दैनिक व्यायाममा रुकावट आउन गएमा अथवा भ नेको बेलामा दिसा बस्न नपाएमा कब्जियत हुने सम्भा वना हुन्छ।
साथै कुनै-कुनै पेनकिलर, भिटामिन अनि डिप्रेसनको औषधीको साइडइफेक्टले पनि यस्तो समस्या आउन सक्दछ।घरेलु रोकथामको उपाय:- यसको रोकथामको एउटै प्रमुख उपाय भनेको पर्याप्त फाइबरको सेवन गर्नु हो। त्यसको साथै प्रशस्त पानी पनि पिउनुपर्दछ। त्यस लगायत कब्जियतलाई कम गर्ने घरेलु उपायहरू पनि छन्:
विहानैको खालीपेटमा जैतूनको तेलसँग कागतीको रस मिसाएर दैनिक २/३ चम्चा सेवन गर्नाले कब्जियतबाट राहत पाउन सकिन्छ।१ गिलास मनतातो पानीमा काग तीको आधा भाग निचोरेर त्यसको मिश्रणलाई खाली पेटमा पिउनाले पनि कब्जियतबाट छुट्कारा पाउन स किन्छ।
टुसा पलाएको गेडागुडी, अन्नको आँटा, ब्रोकाउली, स्याउ, नासपती अनि उसिनेको आलुलाई दैनिक खानामा मिसाएर खाँदा पनि कब्जियतबाट छुट्कारा पाउन सकिन्छ।२. इरिटेबल बावेल सिण्ड्रोम (IRRITABLE BOWEL SYNDROME- IBS)
लक्षण:- इरिटेबल बावेल सिण्ड्रोम अर्थात IBS भनेको यस्तो अनियमितता हो, जुन हुँदा खाना खाएपछि विभि न्न किसिमका लक्षणहरू देखापर्दछन्।
जस्तै; पखाला लाग्ने, कब्जियत हुने, पेट र ढाड दुख्ने, छिनछिनमै दिसा लाग्ने तर दिसा नआउने अनि आएपनि पातलो दिसा आउने र पेट फुलेको जस्तो हुने।कारण:- दिमाग र पाचनप्रक्रिया प्रणालीको बीचमा अनियन्त्रित प्रतिक्रिया हुँदा IBS हुने अनुमान गरिएको छ, तर यस को ठेट कारण भने अझसम्म पत्ता लाग्न सकेको छैन।
तथापी, अधिकांशलाई तनाव, थकान, डिप्रेसन अनि औषधीको साइडइफेक्टको कारण IBS हुने अनुमान गरिएको छ।घरेलु रोकथामका उपाय:- IBS हुनुको मुख्य कारण पत्ता लाग्न नसकेकोले यसको रोकथा मका उपायहरू पनि निश्चित छैनन्। तर पनि खानामा फाइबरको मात्रा बढाउने,
नियमित व्यायाम गर्ने, झोलिलो खानेकुरा खाने, चिल्लो -पीरो-अमिलो खानेकुरा कम खाने, दूग्धपदार्थ सेवनमा कम गर्ने गर्दा IBS बाट केहि मात्रामा भएपनि राहत पा उन सकिन्छ। कागती पानीको मन्त्र जप्दा पनि आक स्मित दुखाईबाट राहत पाउन सकिन्छ।
३. इन्फ्लेमेटरी बावेल डिजिज (INFLAMMATORY BOWEL DISEASE- IBD)लक्षण:- IBD लाई अल्सरको प्राथमिक लक्षण पनि मानिन्छ। यस्तो अवस्थामा पेट पोल्ने, दुख्ने, खाना खाने बित्तिकै दिसा लाग्ने र पेट दुख्ने, दिनमा ४ पटक भन्दा बढि दिसा लाग्ने, दिसामा रगत देखा पर्ने, पेटको तल्लो-दाहिने भागमा घोँचेकोजस्तो हुने र दिसा बस्दा दिसा आउन मुश्किल हुने जस्ता लक्षणहरू देखा पर्दछ न्।
कारण:– IBD को पनि ठेट कारण के हो भन्ने कुरा पत्ता लाग्न सकेको छैन। पहिले गरेको एक अनुसन्धा नबाट अनियमित र असन्तुलन खाना अनि तनाव-थकानबाट यस्तो हुने अनुमान गरिएको थियो। तर अहिले भने यी कारणले अन्य समस्या ल्याउन सक्छ तर IBD गराउन सक्दैन भन्ने कुरा पत्ता लगाएका छन्।
अर्को सम्भावित कारण भनेको ‘प्रतिरक्षा प्रणालीमा अनियमितता’ आउनाले पनि IBD हुन सक्छ।घरेलु रोकथामका उपाय:– यसको पनि मूख्य कारक तत्व पत्ता लाग्न नसकेको कारण रोकथामका उपायहरू पनि निश्चित छैनन्। तथापी, यसलाई कम गर्नको लागि आफ्नो दैनिक बानीमा सुधार ल्याउनु जरुरी हुन्छ।
जस्तै; दूग्धपदार्थ सेवनमा कमि गर्ने, बोसो र चिल्लो पदार्थयुक्त खानाहरू कम खाने, फाइबरयुक्त खाना खा ने, चिल्लो-पीरो-अमिलो खाने कुराहरू नखाने, रक्सी-चुरोट जस्ता लागूपदार्थको सेवन नगर्ने, सामान्यभन्दा कम खाना खाने बानी बसाल्ने, प्रशस्त पानी पिउने, प्रशस्त भिटामिनयुक्त खाना खाने, नियमित व्यायाम गर्ने।
४. कोलन क्यान्सर (COLON CANCER)- ठूलो आन्द्रालाई मलद्वारमा जोड्ने मूख्य अङ्ग, जसले नपचे का खानेकुरामा बाँकी रहेका पानी र इलेक्ट्रोलाइटलाई सोस्ने काम गर्दछ, सो अङ्गलाई कोलन भनिन्छ। जब कोलनका कोषहरूको अनियन्त्रित रूपमा वृद्धि हुन्छ र यसको नियमित कार्यमा बाधा पुग्छ, त्यस्तो अवस्था लाई कोलन क्यान्सर भनिन्छ।
चाँडै उपचार गरेमा यो रोग निको हुने ९०% सम्भावना हुन्छ। बेलैमा उपचार नगरे यसले ठूलो रूप लिन सक्छ।Colon Cancer diagram लक्षण:- खाना खाने बित्तिकै पेट दुख्ने दिसा लाग्ने लगायत यसका लक्षण हरूमा मलद्वारबाट रगत निस्कने अथवा दिसामा रगत देखा पर्ने, दिसा गर्ने समयमा अनियमितता हुने,
पखाला लागिरहने तर दिसा नआउने, दिसा बस्दा म ज्जाले पेट दुख्ने, तौल घट्ने पर्दछन्। कारण:– प्राय जसो कोलन क्यान्सर के कारणले हुन्छ भन्ने प्रष्ट हुँदैन। जब कोलनका स्वस्थ कोषहरूमा भएका डीएनएमा कुनै किसिमले त्रुटि आएमा कोलन क्यान्सर हुन्छ भन्ने चिकित्सकहरू बताउँछन्।
तर के कारणले कोषको डीएनएमा त्रुटि आउँछ भन्ने अझै पत्ता लाग्न सकेको छैन। घरेलु रोकथामका उपाय:- क्यान्सर भनेको निको हुने रोग होइन, तर यसलाई कम गर्न भने सकिन्छ अनि त्यसको पीडाबाट राहत पाउन सकिन्छ। त्यसको लागि केहि घरेलु उपायहरू छन्:
दिनमा २ कप ग्रिन टी (हरियो चिया) नियमित पिउने गर्नुहोस्। अदुवा पानी उमालेर त्यसलाई २ मिनेटसम्म छोपेर राख्नुहोस् र नियमित पिउनुहोस्। घरकै शुद्ध बेसा रलाई पानीसँग उमालेर पिउनुहोस्। दैनिक खानामा लसु न पनि मिसाउने गर्नुहोस्। फाइबर युक्त खाना खानुहो स्।
चिल्लो-बोसो-पीरो-अमिलो खानेकुराहरू कमै खानु होस्। प्रशस्त पानी पिउनुहोस्। महत्वपूर्ण नोट:- सामान्य स्थिति छ भने घरेलु उपायबाटै जुनकुनै समस्याबाट छुट्कारा पाउन सकिन्छ। तर यदि स्थिति गम्भीर हुँदै गएको छ वा घरेलु उपायबाट पनि राहत पाउनुभएन भने तुरुन्तै अस्पताल गएर जँचाउनु अ त्यावश्यक हुन्छ।