कपाललाई केहि दिनमै उमार्न मद्धत गर्ने यस्तो छ चमत्कारिक घरेलु उपचार विधि

अचेल हरेक व्यक्ति कपाल झर्ने समस्याबाट ग्रसित छन्। जति स्याहारसुसार वा सफा राखे पनि कपाल झर्ने, चायाँ पर्ने, टुक्रा टुक्रा हुने, हाँगा पलाउने वा पातलो हुँदै जाने जस्ता समस्याबाट प्रायः व्यक्ति हैरान नै छन्।

त्यसैले कपाल सम्बन्धि यी समस्याबाट छुटकारा पाउन मानिसहरु जस्तो सुकै महँगो हेयर केयरका सामग्री वा औषधी किन्न र प्रयोग गर्न तयार हुन्छन् । तर बजारमा पाइने यस्ता चीजहरु त्यति प्रभावकारी र प्राकृतिक हुँदैन, जसको कारण मानिसहरु झन् चिन्तित हुन्छन्।

आज हामी यस्तो घरेलु उपचार विधिको बारेमा बताउन गइरहेका छौँ, जसले झरेर तक्लु नै भएको कपाललाई उमारेर केहि दिनमै घना बाक्लो, लामो, मुलायम र कालो बनाउन मद्धत गर्छ।

यसका लागि हामीलाई चाहिने सामग्रीहरुस् एलोवेरा ९घ्युकुमारी० जेल, नरिवलको तेल, अमलाको पाउडर र प्याज।

बनाउने विधिः सुरुमा एउटा प्याज लिएर यसलाई पिसेर पेस्ट बनाउने। प्याजको पेस्ट बनाईसकेपछी। एउटा सफा कचौरामा आधा चम्चा एलोवेरा जेल र लगभग एक चम्चा नरिवलको तेल राखेर मज्जाले मिसाउने।