
Taja Khabar Daily/ काठमाडौं २२ साउन। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपालमा भ्रष्टाचारी नेताहरुलाई फूलको मालाले स्वागत गरिने भन्दै व्यग्ंय गरेका छन्।
छिमेकी मुलुक चीनमा त भ्रष्टाचारी नेताहरुलाई मृ’त्यु द’ण्ड दिने बताएका उनले नेपालमा भ्रष्टाचारी नेताहरुलाई फूलको मालाले स्वागत गरेकै कारण मुलुक समृद्ध बन्न नसकेको बताएका छन्।
सामाजिक सञ्जाल मार्फत नेता गुरुङले भनेका छन्, अन्य देशहरुमा भ्रष्टाचारी नेताहरुलाई सजाय दिइन्छ। छिमेकी मुलुक चीनमा त भ्रष्टाचारी नेताहरुलाई मृ’त्यु द’ण्ड दिने गरिन्छ।
‘अन्य देशहरुमा भ्रष्टाचारी नेताहरुलाई सजाय दिइन्छ। छिमेकी मुलुक चीनमा त भ्रष्टाचारी नेताहरुलाई मृ’त्युु द’ण्ड दिने गरिन्छ।तर नेपालमा भ्रष्टाचारी नेताहरुलाई फूलको मालाले स्वागत गरिन्छ। त्यही भएर हाम्रो देश समृद्ध बन्न सकिरहेको छैन।