तपाईको नङमा पनि सेतो चिन्ह छ ? उसो भए खुल्नेवाला छ भाग्यको ढोका, बन्नुहुनेछ करोडपति

काठमाडौँ । समुद्र शास्त्रका अनुसार हाम्रो शरीरमा देखिने कालो कोठी वा नङमा देखिने सेतो चिन्हको निकै महत्व हुने गर्दछ।

समुद्रशास्त्रमा नङमा देखिने सेतो चिन्हले शुभ वा अशुभ फल दिने कुरा प्रष्ट पारिएको छ। आज हामी तपाईलाई नङमा हुने चिन्हले जीवनमा कस्तो प्रभाव पार्छ भन्ने बारेमा जानकारी दिदैछौँ।

समुद्रशास्त्रका अनुसार नङमा हुने सेतो चिन्हले मानिसको जीवनका थुप्रै राज खोज्ने कुरा उल्लेख गरिएको छ। त्यस्तै दोस्रो तर्फ मेडिकल साइन्समा भने नङमा देखिने सेता चिन्ह रगतको कमीले हुने कुरा बताएको छ।

समुद्रशास्त्र अनुसार जानौँ नङमा देखिने चिन्हको महत्व के ?

बुढी औँलाको नङमा सेतो चिन्ह

समुद्रशास्त्रका अनुसार जुन व्यक्तिको बुढी औलाको नङमा सेतो चिन्ह हुने गर्दछ, त्यस्ता व्यक्तिले व्यापारमा निकै सफलता हात पार्ने गर्दछन्। साथै यो चिन्ह कुनै नयाँ साथी मिल्ने संकेत पनि हो। यस्तो चिन्ह देखिनु कुनै उपहार पाउने संकेत पनि हो।

चोर तर्थात तर्जनी औलाको नङमा सेतो चिन्ह

चोर तर्थात तर्जनी औलाको नङमा सेतो चिन्ह हुनु पनि निकै शुभ संकेत हो। यस्ता व्यक्तिले समाजका निकै ठूलो मान सम्मान पाउने गर्दछन्।

साथै यिनीहरुले हरेक काममा सफलता पनि प्राप्त गर्ने गर्दछन्। यदी व्यापारसँग जोडिनुभएको छ भने यस्ता व्यक्तिले भविष्यमा निकै लाभ प्राप्त गर्ने गर्दछन्।

मध्यमा अर्थात माझी औलाको नङमा सेतो चिन्ह

जुन व्यक्तिको मध्यमा अर्थात माझी औलाको नङमा सेतो चिन्ह हुन्छ, त्यस्तो चिन्हलाई निकै शुभ मानिन्छ। समुद्रशास्त्रका अनुसार यस्ता व्यक्तिलाई सधैँ बाहिर घुम्न मन पर्छ।

यस्ता व्यक्ति नोकरी तथा व्यापारका क्षेत्रमा निकै सफल हुने गर्दछन्। यस्ता व्यक्ति आफ्ना सत्रुसँग बच्नु पर्ने हुन्छ।

अनामिका औला अर्थात रिङ फिङ्गरको नङमा सेतो चिन्ह

यदी तपाईको अनामिका औला अर्थात रिङ फिङ्गरको नङमा सेतो चिन्ह छ भने तपाई भविष्यमा समाज वा सरकारद्वारा सम्मानित हुनुहुनेछ।

साथै यस्ता व्यक्तिको यश र प्रतिष्ठामा पनि वृद्धि हुने गर्दछ। यदी तपाई सुरुवाती दिनमा पैसाको समस्याबाट गुर्जिएपनि पछि तपाईको भाग्य खुल्दैजाने कुरा समुद्रशास्त्रमा उल्लेख छ।

कालो, पहेँलो वा गुलावी चिन्ह

समुद्रशास्त्र अनुसार नङमा सेतो चिन्हलाई शुभ मानिएको भएपनि कालो चिन्हलाई अशुभ मानिने गरिन्छ। नङमा पहेँलो चिन्ह देखिनु बिरामीको संकेत हो। साथै उक्त चिन्ह तपाईको सफलताको रोकावट पनि हुने शास्त्रमा उल्लेख गरिएको छ।

त्यस्तै नङमा कालो चिन्ह देखिनु पनि अशुभ मानिन्छ भने गुलावी चिन्हलाई भने शुभ मानिएको छ। तपाईको नङको गुरावी चिन्हले सफलतालाई दर्शाउने गर्दछ।