
काठमाडौँ । भिटामिन बी १२ शरीरको लागि धेरै महत्त्वपूर्ण छ। धेरै रोगहरू शरीरमा यसको कमीको कारण देखा पर्दछ। यसैले यो धेरै महत्त्वपूर्ण छ कि तपाईंले शरीरमा भिटामिन बी १२ को कमी हुन नदिनुहोस्।
शरीरमा भिटामिन बी १२ को कमीले मेटाबोलिज्म, डीएनए संश्लेषण र रातो रक्त कोषहरूको गठनलाई असर गर्छ। यो मात्र होइन, भिटामिन बी १२ स्नायु प्रणालीको लागि पनि आवश्यक छ।
शरीरमा भिटामिन बी १२ को कमीको थुप्रै कारणहरू छन्। जसमध्ये भिटामिन बी १२ युक्त खाना नखाउनु प्रमुख कारण मानिन्छ। यस बाहेक, भिटामिन बी १२ को अभावका कारण धेरै प्रकारका लक्षणहरू पनि देखा पर्न थाल्छन्। यदि तपाइँ तल उल्लेखित लक्षणहरू देख्नुहुन्छ भने, तब तपाइँले बुझ्नुहुन्छ कि तपाइँको शरीरमा भिटामिन बी १२ को कमी छ।
हाइपरपिग्मेंटेशन
हाइपरपिग्मेंटेशन को कारणले, दाग, धब्बा वा शरीरको छाला निकै अध्यारो हुँदै जान्छ। । यदि तपाईंको शरीरको कुनै पनि भाग कालो हुन थाल्छ वा अनुहारमा अँध्यारो धब्बाहरु देखिन्छन् धने बुझ्नुहोस् कि तपाईंमा भिटामिन बी १२ को कमी छ ।
वास्तवमा, जब भिटामिन बी १२ को कमी हुन्छ, तब छालाले अत्यधिक मात्रामा मेलानिन भनिने पिगमेन्ट उत्पादन गर्न थाल्छ। त्यस्तै बढ्दो उमेर र घाममा धेरै बस्ने कारणले हाइपरपिग्मेंटेशन रोग लाग्न सक्छ ।
विटिलिगो
भिटिलिगो हाइपरपिमेन्टेशनको विपरित हुन्छ। यो रोग हुनाले भिटिलिगोमा मेलेनिनको कमी हुने गर्दछछ। जसले सेतो दुबी पैदा गर्दछ। यो अवस्थालाई भटिलिगो भनिन्छ। यो रोगले प्रायः शरीरको त्यस्तो अंगलाई असर गर्दछ जुन प्रत्यक्ष सूर्यको प्रकाशमा पर्दछ। जस्तै अनुहार, घाँटी र हातहरू।
कपाल झर्ने
शरीरमा भिटामिन बी १२ को पर्याप्त मात्रा हुँदा कपालको राम्रोसँग विकास हुने गर्दछ । त्यस्तै यदि शरीरमा भिटामिन बी १२ को कमी छ भने यसको सीधा असर ती व्यक्तिहरूको कपालमा पर्दछ । । भिटामिन बी १२ को कमीको कारण, कपाल झर्न थाल्छ र कमजोर हुन्छ। त्यसकारण, मानिसहरु जसको कपाल अधिक झर्न थाल्छ उसले बुझ्नु पर्छ कि उनीहरूको शरीरमा भिटामिन बी १२ को कमी छ।
भिटामिन बी १२ को अभावका अन्य लक्षणहरू जस्तै छालामा हल्का पहेँलो देखिने, जिब्रोको पहेंलो वा रातो रंग देखिने, मुखमा घाउ आउने जस्तो समस्या देखिन्छ ।
१.भिटामिन बी १२ कमीलाई यसी हटाउन सकिन्छ
भिटामिन बी १२ को अभाव रातो मासु, माछा, बीन्स, अण्डा, सुख्खा फलहरू खाएर हटाइन्छ।
२. यस बाहेक, दुध र दुधबाट बनेका परिकार जस्तै दूध, दही, पनीर, नौनीआदि आफ्नो डाइटमा समावेश गर्नुहोस्।
३.भिटामिन बी १२ ले रातो रक्त कोशिकाको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दछ। रगतमा भिटामिन बी १२ को कमीले पनि आरबीसीको संख्या घटाउँछ। जहाँसम्म, नियमित रूपमा आइरनयुक्त र माथिका चीजहरू खाने व्यक्तिहरूको शरीरमा भिटामिन बी -२२ को कमी हुँदैन।