तुरुन्त १० किलोसम्म तौल घटाउन अप्नाउनुहोस् यी घरेलु उपाय !

काठमाडौँ । तौल घटाउने वा तौललाई नियन्त्रण गर्ने काम धेरै नै चुनौतिपूर्ण छ । खासगरी यस्ता मानिसको लागि जो खानामा नियन्त्रण गर्न सक्दैन । हामी धेरै नै तनाबपूर्ण तथा ब्यस्त जीवन निर्बाह गर्दछौं।

जसको कारणले गर्दा शारीरिक ब्यायाम गर्नको लागि हामीसंग समय हुदैन । तौल घटाउने विभिन्न उपायहरु छन् । तर त्यसको लागि हामीले धेरै पैसा खर्च गर्नुपर्ने हुन्छ। आज हामी तपाईलाई तौल घटाउने प्राकृतिक उपायबारे जानकारी दिन्छौ ।

जसले बिशेष रुपमा तपाईको पेटको तौल घटाउन मद्दत गर्दछ । र यसबाट तपाइको स्वास्थ्यमा पनि राम्रो असर पुग्दछ । यस विधिमा प्रयोग हुने सम्पूर्ण सामाग्रीहरुमा पौष्टिक तत्व प्रचुर मात्रामा पाइने भएकोले यसले तपाइको पाचन प्रणालीमा सुधार ल्याई छिटो तौललाई घटाउन मद्दत गर्दछ ।

यस विधिलाई नियमित रुपमा प्रयोग गरेमा तपाइको तौल छिट्टै घटदछ । यस विधिमा मात्र ४ सामाग्रीहरु घ्यु कुमारी, कागती, अदुवा र महको प्रयोग हुन्छ । जुन स्वास्थ्यको लागि धेरै नै फाईदाजनक छ ।

घ्यु कुमारी : हाम्रो स्वास्थ्यमा राम्रो असर पुर्याउने खाद्यपदार्थमा घ्यु कुमारी पनि एक हो । यसमा ७५ सक्रिय पौष्टिक तत्वहरु पाइन्छन। यसका साथै घ्यु कुमारीमा एमिनो तथा फैटी एसिड प्रचुर मात्रामा पाइन्छ । यसमा एन्टीअक्सिदेंत गुण हुने भएकोले यसले पाचन प्रक्रियामा सुधार ल्याई बोसोलाई हटाउनमा मद्दत गर्दछ । यसका साथै यसको प्रयोगले शरीरका बिषादीहरुलाई हटाई पाचन प्रणालीमा सुधार ल्याउदछ ।

कागती : कागतीमा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । यसै कारणले गर्दा तौल घटाउनको लागि कागती धेरै नै प्रभावकारी छ। र यसले शरीरलाई शक्ति पनि प्रदान गर्दछ ।

अदुवा : स्वास्थ्यमा राम्रो असर पुर्याउने मसलामा अदुवा पनि एक हो । यसमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । यसका साथै मग्नेसियम तथा अरु पौष्टिक तत्वहरु पनि प्रचुर मात्रामा पाइने हुनाले यसको प्रयोगले शरीरको प्रक्रियाहरुमा सुधार ल्याउन मद्दत मिल्दछ।

धेरै समय अगाडी देखि नै अदुवाको प्रयोग दुखाई कम गर्न , दम बाट बच्न , हृदय रोगबाट छुटकारा पाउनुको साथै पाचन प्रणाली एवं प्रतिरक्षा प्रणालीमा सुधार ल्याउनको लागि गरिंदै आएको पाइन्छ ।

मह : छिटो शक्ति प्रदान गर्ने स्रोतको रुपमा महलाई लिइन्छ । तर यसले बोसोलाई घटाउनमा पनि मद्दत गर्दछ । महले खानाको स्वाद पनि बढाउछ ।
तौल घटाउनको लागि अपनाउनुपर्ने विधि निम्नानुसार छ ।

सामाग्रीहरु

१) १ गिलास सफा पानी
२) २-३ चम्चा घ्यु कुमारीको रस
३) १ चम्चा कागतीको रस
४) १ चम्चा अदुवाको धुलो
५) १ चम्चा मह

बनाउने विधि : सबैभन्दा पहिला २ – ३ चम्चा घ्यु कुमारीको रसलाई १ गिलास सफा पानीमा मिसाउनुहोस् । त्यसपछि यसमा कागतीको रस र मह तथा अदुवाको धुलोलाइ मिसाई राम्ररी चलाउनुहोस् । र यस पेयपदार्थलाई बिहान खाली पेटमा पिउनुहोस । यसको नियमित प्रयोगले तपाइको तौल छिटै घट्नेछ ।