देश बिकास गर्न भिजन चाहिन्छ, ओलिले जस्तो हावा गफ गरेर हुदैन – बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले गफ हाँकेर मुलुकमा विकास र समृद्धि ल्याउन नसकिने बताउनु भएको छ ।

राष्ट्रिय व्यपार संघले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै भट्टराईले मुलुक बिकासका लागि विज्ञहरुसँग ज्ञान,

सीप र अनुभव सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष भट्टराईले देश बनाउछु भन्नेहरुले गफ र गुड्डी मात्रै हाँकेको आरोप लगाउनुभयो । कार्यक्रमा बोल्दै उहाँले भन्नुभयो, ‘मुलुकलाई विकास र समृद्धि गर्न विज्ञहरुसँग ज्ञान, सीप र अनुभव सदुपयो गर्नुपर्छ ।

अनि मात्रै देश बन्छ । गफ हाँकेर होईन, गुड्डी हाँकेर होइन।’

राजनीतिक नेतृत्वको दृष्टिदोष अहिले मुलुकले दुरगति भोगेको उहाँले आरोप लगाउनुभयो ।

त्यस्तै उहाँले कृषि, उद्योग र सेवाका क्षेत्रहरुको उचित सन्तुलन मिलाउनुपर्नेमा जोड दिनुभयो।