
काठमाडौं । सोमाबार नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै भाउ स्थिर रहेको जानकारी दिएको हो ।
हिजो छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ थियो ।
जुन, आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँ कायम रहेको जानकारी दिएको छ ।
हिजो आइतबार पनि चाँदीको कारोबार यही मूल्यमा भएको थियो ।