
पछिल्लो समय नेपालबाट रोजगारीको खोजीमा संयुक्त अधिराज्य (यूके) मा ‘सिजनल वर्कर’को रुपमा जानेको संख्या बढ्न थालेको छ।१० महिना अगाडि युकेले सिजन वर्करका लागि भिसा जारी गरेसँगै नेपाली युवा रोजगारीको खोजीमा सो स्थानमा जान थालेका हुन्।
सो भिसा प्राप्त गर्नका लागि कुनै संस्था वा म्यानपावरको भर पर्नुपर्ने हुँदैन व्यक्ति स्वयमले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। तर, आफैले आवेदन दिन नजान्नले भने व्यक्ति अर्थात् एजेन्टको भर पर्दा ठगिने गरेको जानकारहरु बताउँछन्।
दोलखा घर भएका अजय पुरी (नाम परिवर्तन) रोजगारीको खोजीमा थिए। उनी कामको खोजी गर्दै दोलखाबाट काठमाडौं आएका थिए। उनका नजिकका साथीले सिजनल रोजगारी अर्थात् मौसमी रोजगारीका लागि युके जान पाइन्छ भन्ने थाहा पाए।
उनलाई आफैँले अनलाइन आवेदन दिन पाइन्छ भन्ने जानकारी समेत थिएन। पुरीलाई अरु देशमा जाने जस्तै सोचेर व्यक्तिको भर परे। युके रोजगारीमा जानका लागि ५ लाख खर्च गरेको उनले सुनाए। ५ लाख खर्चेर युके पुगेका अजय यतिवेला स्ट्रबेरी टिप्ने काम गर्दै आएका छन्। ६ देखि ८ घण्टासम्म ‘ड्युटी’ र प्रति घण्टा १०.१० पाउण्ड पारिश्रमिक पाएको उनले सुनाए।
त्यस्तै कन्चनपुर घर भएकी विमला घर्ती (नाम परिवर्तन) रोजगारीका लागि युके जाने सोच बनाइन्। आफैँले अनलाइन आवेदन दिइन्। जेठको पहिलो साता युके पुगिन्।
आवेदन फारम भर्दा आफ्नो नम्बर इमेल आइडी छोडेकी थिइन्। आवेदन दिएको १० दिन पछि कम्पनीबाट उनलाई खबर आयो। १ लाख २० हजारमा टिकट काटेर आवेदन दिएको २१ दिनमा युके पुगिन्।
पछिल्लो समय क्यानडा, नर्वे, इजरायल लगायतका देशले पनि सिजनल कामदार माग गर्दै आएका छन्। यसरी जाने कामदार सहजै जान सक्ने भए पनि प्रक्रिया नजान्नेले म्यानपावर तथा व्यक्तिको भर पर्दा नेपाली कामदार ठगिने गरेको जानकारहरु बताउँछन्।
उनलाई आफैँले अनलाइन आवेदन दिन पाइन्छ भन्ने जानकारी समेत थिएन। पुरीलाई अरु देशमा जाने जस्तै सोचेर व्यक्तिको भर परे। युके रोजगारीमा जानका लागि ५ लाख खर्च गरेको उनले सुनाए। ५ लाख खर्चेर युके पुगेका अजय यतिवेला स्ट्रबेरी टिप्ने काम गर्दै आएका छन्। ६ देखि ८ घण्टासम्म ‘ड्युटी’ र प्रति घण्टा १०.१० पाउण्ड पारिश्रमिक पाएको उनले सुनाए।
युकेमा सिजनल भिसाका लागि आवेदन दस्तुर बापत २५९ पाउण्ड तिर्नुपर्छ। जुन लगभग ४० हजार नेपाली रूपैयाँ हो। यो बाहेक भिसा आइसकेपछि हवाई जहाजको टिकट काट्नु पर्छ। नेपालदेखि युकेसम्मको हवाई भाडादर एक लाख २० हजारदेखि एक लाख ७० हजारसम्म पर्ने जानकारहरु बताउँछन्।
स्वीकृति लिनुअघि स्वास्थ्य परीक्षण गराउनुपर्छ। यसरी सबै शुल्क गर्दा दुईदेखि दुई लाख ५० हजार रुपैयाँमा सिजनल कामदारको रूपमा युके जान सकिन्छ