
काठमाडौँ । कानमा दुईथरी क्यान्सर हुन्छ, क्लोस्टीटोमा र स्कावमस सेल सार्किनोमा ।यी दुवै क्यान्सर कानभित्र हुन्छन् । त्यहीँबाट यिनीहरू पूरै शरीरमा फैलिन्छन्। सही समयमा यसका संकेतहरूलाई चिनेर उपचार गरेमा यो खतरालाई टार्न सकिन्छ ।कानबाट पानीजस्तो तरल पदार्थ वा रगत निस्केमा ।
कानको जाली क्षतिग्रस्त भएमा ।
कानमा संक्रमण भएमा ।
श्रवणशक्ति गुमेमा ।
कानभित्र लामो समयसम्म चिलाएमा ।
मुख खोल्दा कानमा पीडा भएमा ।
कानमा पीडाका साथसाथै टाउको दुख्ने र उल्टी आउने गरेमा ।
कानको जाली क्षतिग्रस्त हुनु
यस अवस्थामा, पहेंलो र सेतो पदार्थ कानबाट बाहिर आउँछ। यो संकेत हो कि बिरामीको कानको जाली क्षति भइरहेको छ। यसको मुख्य कारण चर्को आवाज, कानमा विदेशी वस्तुहरूको प्रयोग, कानको आघात आदि हो।
कानमा इन्फेक्सन
कानमा यदि कुनै तरहको संक्रमण हुनु क्यान्सरको संकेत हो । यस समस्याबाट मुक्त हुन एक महिना भन्दा बढी लाग्नसक्छ।
यो एउटा गाँठो जस्तो हुन्छ जो देख्दा गुलाबी रंगको हुन्छ । यदि व्यक्तिको कानमा अथवा कानको आसपास यस तरहको समस्या देखाई दिएमा तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोला
कम सुनाइ दिनु
यदि रोगीलाई पुरा रुपमा सुनाई दिन्न भने यो कानको क्यान्सरको लक्षण पनि हुनसक्छ । यस तरहको कुरामा रोगीलाई अक्सर टाउको दुख्ने समस्या बढी मात्रामा हुने गर्दछ।
यसबाहेक यदि कान कराएमा,अल्सरको सुरुवात देखिएमा र रगत निक्लने जस्ता लक्षण कानको क्यान्सरको रुपमा देखिन्छन्।
सानो लापरवाहीको कानको लागी खतरा साबित हुनसक्छ। यदि कानमा मैलो जमेमा र कानको ठिकसँग सफाइ नगरेमा कानमा मैलो बिस्तारै बिस्तारै जम्न थाल्छ यसले कानको जाली बन्द हुन्छ जसले गर्दा व्यक्तिलाई कम सुनाइ दिन थाल्छ।
यस्तो अवस्थामा सुरुवातमा नै यस्ता चिजको ख्याल गरेमा तपाई कानको समस्याबाट मुक्त हुन सफल हुनुहुन्छ।
यीमध्ये कुनै पनि लक्षण देखियो भने त्यसलाई बेवास्ता नगर्नुस्। तत्कालै चिकित्सकलाई देखाइहाल्नुस्।