घामले डढेको छालालाई १ हप्तामै गोरो बनाउन चाहनुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् कालो चिया

काठमाडौँ । गर्मी मौसम छ। यो सँगै घाममा डढ्ने समस्या पनि आउँछ। घाममा डढनबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अप्नाउन सकिन्छः

छालालाई चिसो र शान्त बनाउन दिनमा दुई पटक चिसो पानीले नुहाउनुहोस् । यसले डढिसकेको छालाको दाग हटाउँछ।

घामले डढेर छाला राता भएको वा फुटेको ठाँउमा काँचो आलुलाई पिसेर दल्नुहोस् र नुहाउनुहोस्। जौको खोले हालेर नुहाँउदा पनि घामले डढेको दाग हट्छ।

घ्युकुमारीमा छालालाई शान्त र शितल प्रदान गर्ने तत्व हुन्छ । घ्युकुमारीको रस निकालेर केही समय फ्रिजमा राख्नुहोस् र छालामा लगाउनुहोस्। चिसो दुधले शरिरलाई पखाल्दा पनि शरिर डढेको निको हुन्छ।

काँक्रोलाई टुक्रा–टुक्रा पार्नुहोस् र त्यसलाई पिसेर तरल बनाउनुहोस् । यो रसलाई शरिरको प्रभावित क्षेत्रमा दल्नुहोस् घामले डढेको केही दिनमै हराउँछ।

कालो चियामा पनि एन्टि–अक्सिडियन्ट तत्व हुन्छ। घामबाट डढेको छालाको सौन्दर्यलाई पूर्ववत अवस्थामा फर्काउन कालो चियाको केही थोपा लगाउनुहोस्।

पुदिना प्राकृतिक रुपमा नै शितलता प्रदान गर्ने चिज हो। तसर्थ दैनिक एक गिलास पुदिनाको जुस खाएर पनि घामबाट डढेको छालामा निखारता ल्याउन सकिन्छ। कटनको कपडालाई भिनेगरमा भिजाउनुहोस् र घामले डढेको भागमा लगाउनुहोस् ।

उपचार गर्न भन्दा रोकथाम गर्नु उत्तम भने जस्तो घाममा जानुभन्दा अगाडि अनुहारमा लोसन लगाउनुहोस्।
चर्को घाममा जानुअघि घामबाट बच्ने ठूलो चस्मा लगाउनुहोस् ।