
काठमाडौँ । लुपस १५ देखि ४५ बर्ष सम्मका महिलालाई लाग्ने एक किसिमको बाथ हो। यो पुरुषको तुलनामा महिलालाई १२ गुणासम्म बढी सताउने गर्छ।
मानव शरीरको रोग निरोधक शक्तिलाई हानी गर्ने किटाणु र खराब कोषलाई यसले नष्ट गर्छ। अटो इम्युन भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै स्वस्थ कोषलाई असर गर्न थाल्नु हो।
लुपसले गाठा सँगै नशा, सेतो रगत, मुटु, मृर्गौला लाई असर गर्छ यसले भित्रि अगंलाई बढि असर गर्ने भएकाले बाहिरको दुखाईका अनुसार रोग कति जटिल छ भनेर अनुमान लगाउन सकिन्। त्यसका लाति जाँच गर्नु नै पर्छ।
प्रारम्भिक अवस्थामा देखिने लक्षणहरुः
ज्वरो, अल्छीपना, कमजोर, तौल घट्ने । हात जोर्नी दुख्ने। पानी चालाउदा औंलाहरु निलो, पहेलो हुने। बिहान औंलाहरु कक्रक्क हुने। घाममा जादा अनुहार रातो हुने , अनुहारमा पुतली जस्तो दाग देखिने। मुख भित्र घाँउ आउने , आँखा रातो हुने । कपाल झर्ने।
लुपकको पनि स्टेज हुन्छ जसले गर्दा शरीरका विभिन्न अगंहरुलाई असर पुर्याउछ मुख्य गरेर रगतको प्यलेटहरुमा यसले असर पुराउने गर्छ । लुपस बाथले मुख्य गरेर रगत र मृर्गौलामा असर पुर्याउने गर्छ।
मृर्गौलामा असर पुर्याउने भएकाले कहिल्यकाहि यसले मृगौलापनि फेल गराउने सम्भावना हुन्छ । यो बाथ महिलामा नै बढि देखिन्छ । गर्भवति महिलालाई लुपस बाथ छ भने बच्चामा न्युनाटल लुपस हुन सक्छ ।
उपचार पद्धति
यो रोगको उपचार व्यक्तिअनुसार फरक फरक हुन सक्छ। यो रोगले कुन कुन अंगलाई असर गर्छ भन्ने थाहा हुँदैन र जुन अंगलाई असर गर्छ त्यही अनुसार रोगको उपचार गरिन्छ। यो रोग धेरै जसो बिरामीलाई हाइड्रोअक्सिक्लोक्विन वा क्लोरोक्विन नामक औषधि प्रयोग गर्ने गरिन्छ।
लुपसका बिरामी जसको मुुटु, कलेजो, मिर्गौला र नशाहरूमा असर गरिएको अवस्थामा ग्लुकोकोर्टिक्सोइड्स र अन्य इम्युन सप्ररेसिभ औषधि एजाथियोप्रिन, माइसोफोनोलेट मोफेटिल, साइक्लोफोस्फेमिड, रिटुमिक्मेड, आदि औषधिद्वारा उपचार गरिन्छ।
बिरामीले ध्यान दिनुपर्ने कुरा
गर्भवति अवस्थामा नियमित जाँच गराइराख्नु पछ र अन्य औषधि पनि नियमित खाने गर्नुपर्छ । यो रोग लागेको बिरामी घामको किरणबाट बच्नुपर्छ । यो रोग लागेका धेरैजसो गर्भवति महिलाको गर्भपात हुनेगर्छ ।
यसका लागि छाता, लोसन वा घामबाट बच्ने क्रिम (एसपीएफ ३०) भन्दा बढीको लगाउने, घाम छेक्ने गरी लामो कपडा लगाउने।बिरामीले सक्रिय जीवनको लागि नियमित व्यायाम गर्ने । बिरामीलाई निमोनिया र फ्लु भ्याक्सिन लगाउनु पर्छ ।
शरीरमा एन्टीफोसफोलिपिड नामक प्रोटिनको मात्रा बढी भएमा गर्भपात हुने बढी जोखिम हुन्छ । गर्भवति हुनुअघि चिकित्सकको सल्लाह लिनुपर्छ । लुपस रोग नियन्त्रणमा आएको ६ महिनापछि मात्र गर्भवति हुने सल्लाह दिइन्छ ।
रोग साधारण भएमा डाक्टरलाई तीनदेखी छ महिनामा भेट्नु पर्छ । रोग नियन्त्रण नभएमा डाक्टरको सल्लाह अनुसार अनिवार्य जाँच गराउनु पर्छ ।