दुई दाजुभाईको जोडिएको टाउको डाक्टरले २७ घण्टासम्मको निरन्तर अप्रेशनपछि छुट्याए

काठमाडौँ ।जुम्ल्याहा दाजुभाईको २७ घण्टा लामो शल्यक्रियापछि डाक्टरहरुले टाउको छुट्याएका छन् । खबर हो ब्राजिलको ।ब्राजिलका ३ वर्षका जुम्ल्यहा दाजुभाइृ बर्नाडो र आर्थर लीमाको रियो द जेनेरियोमा लगातार ७ वटा शल्यक्रिया पश्चात उनीहरुको टाउको अलग गरिएको भारतीय मिडियाहरुले जनाएका छन्

 

 

 

जसका लागि एक एक ब्रिटिश न्यूरोसर्जनको सहयोगमा ब्राजिलका ख्यातिप्राप्त न्यूरोसर्जनका साथमा बालरोग विशेषज्ञ डाक्टर र बाल रोग सर्जनहरुले यो समस्यालाई सधामान गरेर संसारलाई चकित पारेको दाबी गरिएको छ ।

 

 

 

ग्रेट अरमोण्ड स्टिट हस्पिटलमा बाल रोग सर्जन डाक्टर नुर उल ओवासेले नजिकबाट रेखदेख गरिरहेका थिए । यो शल्यक्रियाका लागि डा जिलानीले पनि आर्थिक सहयोग गरेको समाचारमा जनाइउको छ ।