
नेपालकी चर्चित अभिनेत्री निरुता सिंहको पछिल्लो अभिव्यक्तिले यतिबेला नेपालमा नयाँ बहस खडा गरिदिएको छ।
उनले अझै पनि नेपालमा जातिय विभेद अन्त्य नभएको बताएकी हुन्।
उनले नेपालका शहरी क्षेत्रमा केही हदसम्म जातीय विभेद अन्त्य भएता पनि साना गाउँघरमा र ठूला शहरमै पनि विभेदको अन्त्य हुन नसकेको बताएकी छिन्।
उनले आफ्नो जातिप्रति गर्व गर्नुपर्ने पनि बताउँछिन्। उनले आफू विश्वकर्मा भएको र आफू कामी जातमै खुशी भएको उल्लेख गरिन्।
आफ्नो अनुभव सुनाउँदै निरुता भन्छिन्,‘हामी शहरमा बस्छौँ, ठूलठूला कुरा गर्छौँ तर आज पनि गाउँघरमा र शहरमा पनि जातिय विभेद छ। अब निरुता, सिंह भनेको के हो? तपाई ठकुरी हो? भनेर सोध्छन् मलाई। हैन विश्वकर्मा हो भन्छु म। म गर्वसँग भन्छु म विश्वकर्मा हो, म कामी हो।
अभिनेत्री निरुता सिंह ‘इन्डियन आइडल’ मा
लामो समय नेपाली फिल्म क्षेत्रमा विताएकी अभिनेत्री निरुता सिंह भारतीय रियालीटी शो ‘इन्डियन आइडल’ मा पुगेकी छिन् । अभिनेत्री सिंहले बिहिबार सामाजिक सञ्जाल फेसबुकमा सानो भिडियो सार्वजनिक गर्दै उक्त कुरा बताएकी हुन् ।
उनी लामो समयदेखि मुम्बईमा बस्दै आएकी छिन् । नेपाली अभिनेत्रीको रुपमा इन्डियन आइडल शोमा पुगेकी निरुताले एकदमै राम्रो समय विताएको कुरा उल्लेख गरेकी छिन् ।
अभिनेत्री सिंहले आदित्यनारायणलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘इन्डियन आइडलको सेटमा राम्रो समय बिताए । आदित्य नारायणलाई धेरै धेरै धन्यवाद !’
निरुताले पछिल्लो समय मह जोडीको ‘दालभात तरकारी’ मा अभिनय गरेकी थिइन् । उनले दर्पण छायाँ, माइती, अजम्बरी नाता, ठूल्दाई, रहर जस्ता चर्चित फिल्ममा अभिनय गरेकी छिन् ।